Saturday, August 17, 2013

डन दिपक मनाङे पक्राउ

                                       अवैध रुपमा अकुत सम्पत्ति कमाएको अभियोगमा डन दिपक मनाङे पक्राउ परेका छन् ।उनलाई केन्द्रीय अनुसन्धान व्युरो सिआईबीको टोलीले शुक्रबार राती पक्राउ गरेको हो । उनी बिरुद्ध सम्पत्ति शुद्धिकरण बिभागले गुण्डागर्दिको माध्यमबाट आर्जन गरेको १४ करोड रुपैयाँ रहेको भन्दै बिशेष अदालतमा जेठको पहिलो साता मुद्दा दायर गरेको थियो । त्यतिबेला नै पक्राउ गरेर मात्र मुद्दा दायर गर्नुपर्ने भन्दै चर्को आलोचना भएको थियो । उनलाई आइतबार अदालत पेस गरिने ब्युरो स्रोतले जनाएको छ  अनधिकृत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जेठ ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा
दायर गरेको थियो । बिशेष अदालतले मनाङे बाहेक गणेश लामा, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ, र अभिशेक गिरी बिरुद्ध मुद्धा दायर गरेको थियो । 

No comments:

Post a Comment