युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत
पक्षले धरानमा आयोजना गरेको राष्ट्रिय युवा महिला भेला स्थगित गर्न नेकपा
एमालेको केन्द्र र जिल्ला कमिटीले लिखित निर्देशन दिए पनि शनिबार धरानमा
भेला सुरु भएको हो । महिलाहरुको भेला भनिए पनि सभागृहमा पुरुष
युवाहरुको पनि ठूलो भीडभाड छ । युवाहरुलाई सभागृहका कुनाकुना खटाउन
सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका परशुराम बस्नेत आफैं सक्रियतापुर्वक
खटे । मोटरसाईकलमा युवाहरु सभागृह प्रवेश गरेका छन् । सडकदेखि नै प्रहरीले
बाक्लो सुरक्षा दियो । भेलाले महिला युथ फोर्स घोषणा गर्ने कार्यक्रम छ । विहानैदेखि धरान सभागृहमा युवाहरु भेला
भएका थिए । भेलाको विषयमा युवा संघमै विवाद रहेकाले थप विवादको सम्भावना
बढेको छ । एमाले नेतृ विद्या भण्डारीलगायतको टोली सभागृहमा आइकेका छन् ।
पहिला पनि पटक-पटक युवा संघकै कार्यकर्तावीच झगडा हुने गरेको धरानमा
पार्टीकै निर्देशन विपरीत युवा संघका केन्द्रीय अध्यक्षकै सक्रियतामा
जबरजस्ती भेला गर्न लागिएपछि पार्टीका स्थानीय नेता कार्यकर्ता त्रासमा छन्
। युवा संघका केन्द्रीय अध्यक्ष बस्नेतसहित
उनी पक्षका देशभरका महिला कार्यकर्ता शुक्रबारै धरान आइसकेका छन् ।
उनीहरुको समुहले शनिबार विहानैदेखि धरान बजारमा पोस्टर टाँस्नेदेखि भेला
सुरु गरिरहँदा उपाध्यक्ष झपट रावल पक्षका युवाहरु भने त्यसको विरोधमा छन् ।
एमालेका सुनसरी क्षेत्र नं. १ का अध्यक्ष इन्द्रबहादुर राई पार्टीको
निर्देशन विपरीत जबरजस्ती भेला गर्ने तयारी भएकाले युवाहरुवीच विवाद बढ्ने
सम्भावना रहेको बताउँछन् ।
अध्यक्ष बस्नेत र उपाध्यक्ष रावलका
छुट्टाटछुटै समुहले एकैपटक फरक-फरक कार्यक्रम आयोजना गरेर विवाद चर्चिएपछि
एमालेको केन्द्रीय कार्यालयले विहिबार र जिल्ला पार्टी कार्यालयले शुक्रबार
भेला तत्काल स्थगीत गर्न लिखित निर्देशन दिएको थियो । युवा संघका
केन्द्रीय अध्यक्ष महेश बस्नेत समुहले साउन ३१ र ३२ गते मोरङमा केन्द्रीय
कमिटीको प्रशिक्षण र भदौ १ र २ गते धरानमा राष्ट्रिय युवा महिला भेला
आयोजना गरेका थिए । त्यही मितिमा उपाध्यक्ष रावल समुहले
काठमाण्डौमा बैठक र भेला राखेका थिए । रावल समुहले बस्नेत समुहले आर्थिक
अनियमितता गरेको लगायतका आरोप लगाउँदै आएको छ । एउटै संघभित्र अध्यक्ष र
उपाध्यक्षका समुहले समानान्तर कार्यक्रम आयोजना गरेपछि पार्टीले हस्तक्षेप
गरेको हो । केन्द्र र जिल्लाबाट निर्देशन आएपछि त्यहि अनुसार गर्न सवैलाई
जानकारी गराईसकेको तर जबरजस्ती भेला आयोजना गरे उनिहरुलाई कारबाही गरिने
एमालेका धरान नगर अध्यक्ष तारा सुब्बाले बताए । भेलाको तयारी गरेका बस्नेत
पक्ष भने देशभरबाट प्रतिनिधिहरु आइसकेकाले भेला रोक्न नमिल्ने बताउँछ ।
एमालेभित्रको विवाद फेरि चर्कियो, युवा संघको महिला भेला धरानमा
79
0
0
0
81
काठमाडौं,
भदौ १- नेकपा एमालेभित्रको विवाद फेरि चर्किएको छ । पछिल्लो समय केही
मत्थरजस्तो देखिएको एमाले भित्रको विवाद भातृ संगठन युवासंघ नेपालमार्फत
बाहिर आएको छ ।
पार्टी अध्यक्ष झलनाथ खनालले दिएको निर्देश विपरीत युवा संघले मोरङको गोठगाउँमा केन्द्रीय समिति बैठक गरेपछि एमालेभित्रको विवाद छताछुल्ल भएको हो । बैठकलाई बरिष्ठ नेता केपी ओली, उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोख्रेल लगायतले समर्थन गरेपछि महेश बस्नेत अध्यक्ष रहेको बैठक रोकिएको थिएन । बस्नेत ओली गुटका मानिन्छन् । तर, अध्यक्ष खनाल, उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपाललायत विपक्षमा रहेका छन् । सो बैठकमा एमाले महासचिव इश्वर पोखरेल र सचिव शंकर पोखरेल उपस्थित भएका थिए ।
उपाध्यक्ष झपट रावल पक्षले बहिस्कार गरेको बैठकलाई अध्यक्ष खनालले रोक्न दिएको निर्देशन अवज्ञा गर्दै बस्नेत पक्षले गरेको थियो । सो बैठकले उल्टै समानन्तर भेलाको आयोजना गर्ने झपट रावल, सूर्य ढकाल, दिल पन्तलाई स्पस्टिकरण सोध्ने निर्णय गरेको छ। संगठनको नीति नियम विपरिच चलेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको बताइएको छ । १ महिनाभित्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने निर्णय बैठकले गरेको एक सहभागीले बताए।
यता, युवा संघले धरानमा आज राष्ट्रिय महिला भेला बोलाएको छ। युवा संघको राष्ट्रिय महिला भेलाले महिला युथ फोर्स गठन गर्ने जनाइएको छ।

भेलामा सहभागी हुन उपाध्यक्ष विद्या
भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेललगायतका नेताहरु धरान
पुगिसकेका छन् । भेलाको उपाध्यक्ष विद्या भण्डारीले उद्घाटन गर्ने
कार्यक्रम रहेको छ ।
पार्टीको प्रभावशाली संगठन युवा संघको
पक्ष र विपक्षमा पार्टी नेताहरु नै विभाजन हुनुलाई नवौं महाधिवेशन नजिकिदै
गर्दा पार्टीको समिकरण बदलिन लागेको संकेतको रुपमा लिइएको छ ।
No comments:
Post a Comment