बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानहरुका लागि केही विशेष खबर छ ।
छोरी पाएसँगै बलिउडबाट हराएकी ऐश्वर्या अब बलिउडमा कमब्याक गर्दैछिन् । उनी
सामान्य हिसाबमा पुनरागमन गर्ने मूडमा छैनिन् । साँच्चीकै धूम मच्चाएर
आउँदैछिन् । ऐश्वर्या एक विशेष डान्स नम्बरका साथ बलिउडमा कमब्याक गर्न
लागेकी हुन् । ऐश्वर्यालाई बलिउडमा कमब्याक गराउन मनाउने अरु कोही होइन । उनै संजय
लिला भन्साली हुन् जोसँग ऐश्वर्याले यसअघि पनि धेरै काम गरिसकेकी छिन् ।
हो, ऐश्वर्या संजयको आगामी फिल्म रामलीला मा विशेष नृत्यका साथ प्रस्तुत
हुनेछिन् ।
यद्यपि
यसबारेमा भन्साली क्याम्पले मुख खोलिसकेको छैन । तर समाचार अनुसार
ऐश्वर्या रामलीलाको डान्स नम्बरका लागि राजी भैसकेकी छिन् ।
उक्त स्पेशल
डान्सका लागि धेरै ठूलो तथा राम्रो सेट समेत डिजाइन गरिसकिएको छ । यो
डान्सको शुटिङ आगामी अगष्ट २६ मा सुरु हुनेछ । दश दिनमा मात्र उक्त गीतको
शुटिङ सकिनेछ । स्मरण रहोस् ऐश्वर्याले भन्सालीको साथ देवदास तथा दिल दे चुके सनम जस्ता
फिल्म गरिसकेका छन् । यसमा यी दुइको ट्युनिङ खुबै मिलेको थियो ।
No comments:
Post a Comment