Friday, August 16, 2013

बलिउडमै जम्दै सन्नी

 
                          पोर्नस्टार बाट बलिउड स्टार बनेकी सन्नी लियोनले बारम्बार भन्ने गर्छिन् की उनलाई उनको पोर्नस्टारको परिचयप्रति कुनै गुनासो तथा पश्चाताप छैन । नभनुन् पनि किन सोही परिचयले उनको नाम बिकेको छ र बलिउडमा स्थापित बनाउन सहयोग गर्दैछ ।
                  सायद सन्नीको यहीँ निर्भिकता तथा इमान्दारिताकै कारण होला उनले बलिउडमा एक पछि अर्को गर्दै काम पाउँदैछिन् र निर्माताहरुले सन्नीलाई आफ्नो फिल्ममा रोज्ने गरेका छन् । समाचार अनुसार पछिल्लो सयम डिज्नी युटिभीले समेत सन्नीलाई आफ्नो फिल्ममा अनुबन्ध गरेको गर्दैछ ।
             डिज्नी यु टि भी निकै चल्तीको फिल्मी ब्राण्ड हो । यसको साथमा काम गर्न पाउनु स्टारहरुको लागि निकै खुसीको कुरा हो । यद्यपि डिज्नी र सन्नी दुबैले यस विषयमा केही पनि
बोलिसकेका छैनन् तर समाचार के आएको छ भने सन्नीलाई कुनैपनि हालतमा गुमाउने पक्षमा डिज्नी छैन र जुनसुकै मूल्य चुकाएर पनि आफ्नो फिल्ममा सन्नीलाई साइन गराउन चाहन्छ   भट्ट क्याम्पको फ्लप फिल्म जिस्म टू बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी अहिले एकता कपूरको फिल्म रागिनी एमएमएस टू, कजाद गुस्तादको ज्याकपट र देवांग ढलोकियाको फिल्म टिन
एण्ड लोलोमा काम गरिरहेकी छिन् ।
                  सन्नीलाई लगातार ठूलो पर्दाको निम्तो आइरहेको छ र चल्तीका निर्माताहरुले अफर गरिरहेका छन् । सन्नीको विन्दासपना र मेहेनत तथा उनलाई देखाएर फिल्म हिट बनाउने निर्माताको दाउ यसको मुख्य कारण हो ।

No comments:

Post a Comment