Friday, August 16, 2013

जीवन भन्छन्, ‘नीता र रेखा उस्तै’

                 यतिबेलाका सर्वाधिक चलेका नायक जीवन लुइटेलले आफ्नो नाम अन्य नायिकासँग जोडिनुलाई खासै गहिरो कुरा नभएको बताएका छन् । उनले कामको सिलसिलामा कुनै नायिकासँग नाम जोडिनु ठूलो कुरा नभएको बताएका हुन् । उनले को नायिका मनपर्छ भनेर पत्रकारहरुले प्रश्न गर्दा मात्र यस्तो हल्ला बजारमा आएको बताए ।उनले नायिका रेखा थापा र जीवन लुइटेलको निकटताको बिषयमा सोधिएको प्रश्नमा रेखा र आफ्नो मोडलिङ करिअर एकैपटक सुरु भएकाले पनि आफूहरु भावानात्मक रुपमा नजिक भएको प्रतिक्रिया दिए । उनले रेखाले आफूलाई
सिने नगरीमा कुनै कालखण्डमा निक्कै सहयोग गरेको बताए । नायिका नीता ढुंगानाकी रेखा थापा भन्ने प्रश्नमा उनले दुबैमा प्रतिभा भएको बताए । उनले रेखामा भएको प्रतिभा नीतामा पनि भएको भन्दै सिने नगरीमा उनी आशालाग्दी हिरोइनको रुपमा उदाएको प्रतिक्रिया दिएका छन् । नीता भोलीको दिनमा सिने नगरीमा नम्बर १ नायिकाको रुपमा चिनिने दाबी जीवनको छ । नायिका ढुंगाना र नायक लुइटेलले ‘नोटबुक’मा सँगै अभिनय गरेका छन् । नायिका ढुंगाना पनि जीवनको तारिफ गरेर थाक्दिनन् ।

No comments:

Post a Comment