Friday, August 16, 2013

सिडियो गल्दा एसपीलाई संकट


ghus                 चितवन। राजनीतिक संरक्षणमा अवैध रुपमा असुली गर्ने र गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयले धमाधम धरौटी तोकेर छाड्न थालेको छ। प्रहरीलाई नै कुटपिट गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाईएका वाइसीएलका ६ जना कार्यकर्तालाई प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले पाँच सयका दरले धरौटी तोकेर छाडेको एक साता नबित्दै तरुण दलको आवरणमा गुण्डागर्दी गर्ने पनि त्यसैगरी छुटेका छन्। भारतीय चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कमिला समूहका प्रमिश राई र यमबहादुर कार्कीलाई आइतबार राजनीतिक दबाबमा  ५/५ हजार धरौटी तोकेर सिडियो कार्यालयले छाडेको छ। आपराधिक कार्यमा संलग्न रहेका उनीहरूलाई छुटाउन भन्दै चितवन कांग्रेसले नै जिल्ला बन्द गरेर प्रहरीलाई दबाब दिएको थियो। चितवनमा नयाँ
आएका एसपी प्रधुम्न कार्की राजनीतिक संरक्षणमा अवैध असुल्दै आएका आपराधिक समुहविरुद्ध कठोर रुपमा उत्रिएपछि गुण्डा समूहले जिल्ला नै बन्द गराएर चुनौति दिएका थिए।
                     तर एसपी कार्की पछाडि नहटेपनि सिडियो शर्मा नरम बनेका कारण एसपीको अभियानले  फेल खाल खाएको छ। यसैबीच एसपी कार्कीले धमाधम गुण्डाहरूको सूचि बनाई कारबाही प्रक्रिया अगाडि बढाएका छन्। प्रहरी स्रोतका अनुसार सुरुमा उनले अवैध रुपमा असुली गर्ने गुण्डाहरूलाई टार्गेट गरेका छन्। चितवनमा ड्यास माओवादी, एमाओवादी निकट वाईसीएल, कांग्रेस निकट कमिला समूह र एमाले निकट चमेरा समूहले हप्ता असुली देखी व्यापारी अपहरणसम्मका क्रियाकलाप गर्दै आएका छन्।
                        एसपी कार्कीले कमिला समूहका प्रमीस राई, प्रविन राई, मुसे भन्ने बचन कार्की, भड्डु भन्ने कुमार गुरुङ, अनिल परियार, यमबहादुर गुरुङ, साजन गुरुङका कृयाकलापविरुद्ध प्रहरी परिचालन गरी निगरानी गरिसकेका छन् भने प्रकाश रेग्मीले नेतृत्व गरेको चेरा समूह विरुद्ध पनि अप्रेसन शुरु गरिसकेको स्रोतको दावी छ। त्यसैगरी, चितवन काँग्रेसका पूर्व सभापति विकास कोइरालाको क्रियाकलापमाथि पनि प्रहरीले निगरानी सुरु गरेको छ। कोइराला शिव पौडेल हत्या काण्डमा मुछिएका थिए। कमिला समूहलाई कांग्रेस नेताहरू चन्द्र भण्डारी, शंकर भण्डारी, र बालकृष्ण खाँडले संरक्षण दिएका छन् भने चमेरालाई एमाले नेता केपी ओलीले संरक्षण दिएका छन्। भरतपूर कारागार भित्र आक्रमणमा परी मृत्यु भएका तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलकी पत्नी विनु पौडेलले कमिला समूहलाई मलजल गरिरहेको प्रहरीको निष्कर्ष छ। यी बाहेक प्रहरी अधिकृतहरूसँगै नजिक रहँदै आएका सुरज तिवारी पनि गुण्डागर्दीमा सक्रिय रहँदै आएको

No comments:

Post a Comment