Wednesday, September 11, 2013

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको चौतर्फी विरोध

petrol-increase1                    काठमाडौं, भदौ २६–नेपाल आयल निगमले इन्धनको मूल्य भारी बृद्धी गरेपछि त्यसको चौतर्फी विरोध शुरु भएको छ ।
                 आयल निगम सञ्चालक समितिको मंगलबार राति बसेको बैठकले पेट्रोलमा प्रतिलिटरमा ५, डिजेल र मट्टीतेलमा ३ र आन्तरिकतर्फको हवाई इन्धनमा ७ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
                     पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चले आपत्ति जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा डलरको सटहीदर वृद्धिलाई कारण देखाएपनि त्यसमा चलखेल
रहेको मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए ।
उनले सरकार गैरजिम्मेवार भएर वृद्धि गरेको आरोप लगाए । आयल निगमका डिपो रित्याएर सवै इन्धन व्यापरीका डिपोमा भरेपछि एकैचोटी भारी मुल्य बृद्धी गर्दा प्रत्येक व्यापारीले झण्डै चार करोड नाफा कमाउने बानियाँको तर्क छ ।
               यसैगरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा विद्यार्थी संगठनहरुले चक्काजाम गरेका छन् । विभिन्न संगठले संयुक्त रुपमा बिहान १ घन्टा चक्काजाम गरेको अखिल क्रान्तिकारी सचिव मदन अर्यालले जानकारी दिए । उनले मूल्यबृछि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । सरकारले खाली मूल्यवुद्धि गर्ने तर घटाउने काम कहिल्यै नरेका भन्दै आपूmहरु सर्वसाधरणको हितमा आन्दोलनमा लागेको अर्यालले बताए ।
                     सरकारलाई मूल्यवृद्धि फिर्ता गराउन दाबस्वरुप क्रान्तिकारीले थप संघर्षका कारण ल्याउने उनले बताए । अमेरिकी डलरसँग नेपाली रुपैयाँको सहटी दरमा भएको ठूलो अवमूल्यन र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको वृद्धिले मूल्यवृद्धि गर्नुपरेको निगमले जनाएको छ । तर विज्ञहरुले भने डलरको भाउ र अन्तराष्ट्रिय मुल्य संग समायोजन गर्न प्रतिलिटर ८० पैसा देखी १ रुपैयाँ बढाए पुग्ने बताएका छन् ।
                  इन्डियन आयल कर्पोरेसनबाट सन् २०१३ सेप्टेम्बर १ मा प्राप्त मूल्यअनुसार निगमको मासिक घाटा एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने स्थिति भइसकेको परिस्थितिमा मूल्य समायोजन नगरे अत्यावश्यक वस्तुको रुपमा रहेको पेट्रोलियम पदार्थको आपूर्तिमा बाधा पर्न जाने निगमको भनाई छ ।
                       चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएपछि दैनिक उपभोग्य बस्तुको भाउपनि नराम्ररी बढ्ने पर्ने विश्लेषण गरिएको छ । विज्ञहरुका अनुसार यसैपनि चाडबाडको मूखमा कालोबजारी हुने सम्भाबना बढि हुने गरेको भन्दै यसकै आडमा थप कालोबजारी हुने खतरा पनि रहेको छ ।

No comments:

Post a Comment