कम्पनीले आइफोन फाइभ एस र आइफोन फाइभ सी बजारमा ल्याएको हो । १६ जिबी
फाइभ एसको बजार मुल्य १ सय ९९ डलर तथा ६४ जिबी २ सय ९९ डलर पाउण्ड तोकिएको छ
।
यस्तै १६ जिबी स्टोरेज क्षमताको फाइभ सीको बजार मुल्य ४ सय ६९ पाउण्ड
तोकिएको छ । मंगलबार राती सार्वजनिक भएको फाइभ एसमा फोनको मेन बटनमा
फिंगरप्रिन्ट सेन्सरसहित ल्याइएको कम्पनीले
जनाएको छ । यस्तै फाइभ सी भने
विभिन्न रङहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ फोन सार्वजनिक भएसँगै कम्पनीले व्यापारिक रणनीति परिवर्तन गर्न
खोजेको देखिएको विश्लेषण गरिएको छ । एकै सयममा दुई मोडलका फोन सार्वजनिक
हुनुले पनि यसको संकेत गरेको विश्लेषकहरुको दावी छ । यस अघि एप्पलले दुई
वटा फोन एकै पटक सार्वजनिक गरेको थिएन ।
No comments:
Post a Comment