जिल्लाको शान्ति सुरक्षाको अवस्था अन्य जिल्लाको तुलनामा सवल- प्रनाउ
पर्वत, २०७१ साउन ३ । पर्वत जिल्लामा गत आर्थिक बर्षमा ज्यान मार्ने उद्योग जस्ता ठुला अपराधका घटनाका तुलनामा सार्वजनिक अपराध तथा आत्महत्या सम्बन्धी मुद्दा बढी देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका १ सय ३९ वटा मुद्दा मध्ये अधिकाँश मुद्दा सार्वजनिक अपराध र आत्महत्या सम्बन्धी देखिएका हुन् ।
पर्वतमा जघन्य अपराधका घटना कम भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमारश्रेष्ठले बताए । ‘पर्वतमा जघन्य अपराधका घटना कम तथा सार्वजनिक अपराध र अन्य अपराधका घटना बढी देखिएका छन्’ उनले भने, ‘सामान्य अपराधका घटना बढी भएकाले जिल्लाको शान्ति सुरक्षाको अवस्था अन्य जिल्लाको तुलनामा सवल मान्नुपर्छ’ ।
गत आर्थिक बर्षमा सबैभन्दा बढी ४९ वटा केही सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन भने ३७ वटा आत्महत्याका घटना छन् । आत्महत्याका घटना मध्ये ३१ वटा घटना झुण्डिएका छन् भने ६ वटा हामफालेर आत्महत्या गरेको सम्बन्धी छन् ।
प्रहरीले दिएको जानकारी अनुसार जघन्य अपराधमा पर्ने कर्तब्य ज्यानका मुद्दा
No comments:
Post a Comment