सलमानलाई भेट्न किन गइन कट्रिना ?
उसो त बलिउडमा कुन कलाकार कोसँग नजिक
हुन्छन् र कहिले टाढा हुन्छन् भन्ने पत्तो कसैलाई हुदैन । सलमानसँगको
ब्रेकअप पश्चात रणवीर कपुरको प्रेमिका बनेकी बलिउड नायिका कट्रिना कैफलाई
देखेर यस्तै भन्न सकिन्छ ।सलमानसँग
टाढा रहेकी कट्रिना अन्तत उनलाई भेट्न किन गइन्, चासो र चर्चाको बिषय
बनेको छ । सलमानले आफ्नो बैनीको घरमा आयोजना गरेको गणपति विर्सजन
कार्यक्रममा कट्रिना पुगेपछि धेरैले अचम्म माने ।
कटि्रनाले गणपति विर्सजन कार्यक्रमलाई
ध्यान दिएर हेरेकी थिइन् । उसो त सलमानकी बैनीले कट्रिनालाई खासै चासो
नदिएको बताइन्छ । तर पनि सलमानसँग टाढा भएको भनिएकी कट्रिनाले अन्तत उनकै
घर पुगेर सबैलाई अचम्ममा पारिदिएकी छिन् ।
No comments:
Post a Comment