Tuesday, March 10, 2015

पूजना-आयुष्मानको लफडा ट्रेलरमा देखियो भिडियो सहित

               नायिका पूजना स्त्रिले आफै प्रस्तुत गरेको चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक भएको छ । तर, यो चलचित्रमा यसका मुख्य कलाकार नै ओझेलमा देखिएका छन् । यही चलचित्रबाट चलचित्र नगरीमा डेब्यू गर्न लागेका आयुष्मान घिमिरेलाई ट्रेलरबाट ओझेल पारिएको छ ।< आयुष्मान र पूजनाविच केही लफडा चलेको थियो । पारिश्रमिक लेनदेनका बिषयमा देखिएको लफडाको छाया ट्रेलरमा पनि देखिएको छ । जसको कारणले पनि उनलाई पर्दा पछाडि नै राखिएको हो । कलाकार निर्मल शर्माले निर्देशन गरेको यो चलचित्रले सडक बालबालिकाको कथा देखाउन
खोजेको छ ।

यो चलचित्रमा अनुज शाक्य, नम्रता झा, केशव भट्टराई , सुमन गैरे लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा खुश्वु गुरुङ, पि्रतिमाया गुरुङ र केशव तामाङले
लगानी गरेका छन् । चलचित्रमा अर्जुन पोख्रेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य, सुदिप बरालको छायांकन छ । 

No comments:

Post a Comment