५ असोज, काठमाण्डौं । साली पर्ने एक
युवतीलाई फेसबुकको दुरुपयोग गरी पट्याउन खोज्दा एक युवक प्रहरी खोरमा परेका
छन् । रोशन गजुरेल फेसबुकमार्फत साली पर्ने एक युवतीसँग नाजायज फाइदा लिन
खोजेको आरोपमा पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले अघिल्लो
साता ३३ बर्षका गजुरेललाई पक्राउ गरी विद्युतीय कारबाही ऐनअनुसार कारबाही
थालिएको छ । सो ऐन अनुसार गजुरेललाई
पाँच बर्षसम्म कैद र एक लाखसम्म
जरिवाना हुन सक्छ ।
सामान्य चिनजान भएकी युवतीसँग नजिकिएर
गजुरेलले नाजायज सम्बन्ध राख्न खोजेका थिए । तर, युवतीले नमानेपछि उनले
लोकपि्रय बनेको सामाजिक सञ्जाल फेसबुकका सहारा दिएका थिए । युवतीलाई
व्लयाकमेलिङ गर्ने क्रममा उनले नांगो तस्बिरमा अनुहार राखेर फोटो सार्वजनिक
गरिदिएका थिए । ‘फेसबुकमा अश्लील फोटो राखेर रोशनले व्लयाकमेलिङ गनए
खोजेका रहेछन्,’ प्रहरी निरीक्षक पशुपति रायले भनेको नयाँ पत्रिकामा खबर छ
।अहिले फेसबुकको दूरुपयोग बढेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी अपराध
महाशाखामा मात्र दैनिक चार/पाँच जनाले फेसबुकसम्बन्धी उजुरी लिएर पुग्ने
गरेका छन् ।
No comments:
Post a Comment