महासंघको २०७०
चैत मसान्तभित्रै हुने भनिएको निर्वाचनमा पनि दुई पक्षबीच नै घमासान
भिडन्त हुने लगभग निश्चित मानिएको छ। यो पटकको निर्वाचनमा २०६८ को महासंघ
निर्वाचनमा एकै खेमामा रहेर सुरज समूहलाई जिताउन कम्मर कसेर मेची–काली
खटिएका दुई सशक्त कमाण्डरहरूबीचमा
फाटो परेको छ। अहिले यी दुई
कमाण्डरहरूबीचमा फाटो मात्र परेको छैन, आगामी निर्वाचनमा चण्डीराज ढकाल र
वर्तमान अध्यक्ष सुरज वैद्य आ–आफ्नो छुट्टाछुट्टै समूह जिताउन मरिमेटेर
लाग्ने कुरा आजभोलिको यिनीहरूको क्रियाकलापले संकेत गरेको छ। चण्डीराज ढकाल
र अध्यक्ष सुरज वैद्य समूह नै बनेर अहिले देखि नै मैदानमा साना–ठूला
भिडन्त र हारजीतका घटनाहरू समेत हुन थालिसकेका छन्।
यसै सन्दर्भमा महासंघको
क्षेत्रीय, नगर र जिल्ला उद्योग बाणिज्य संघहरूको निर्वाचनमा समेत
राजनीतिक हस्तक्षेप अपाच्य रुपमा हुन थालेको कुरा महासंघको मध्यमाञ्चलको
नेतृत्व चयनको निर्वाचनमा घटेका घटनाबाट उद्योगी–ब्यावसायी चिन्तित बन्न
थालेका छन्। भुक्तभोगी एक ब्यावसायीका अनुसार, भदौ २८ गते सम्पन्न उद्योग
बाणिज्य महासंघको निर्वाचनमा एमाओवादीका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ र प्रचण्डका अघोषित कोषाध्यक्ष अजय सुमार्गीको चलखेल र
फोनका फोनले महासंघ पूर्वअध्यक्ष कुशकुमार जोशी समेत तीनछक परेको कुरा सुरज
वैद्य निकट सूत्र बताउँछ। भदौ २८ गते सम्पन्न महासंघको मध्यमाञ्चलको
नेतृत्वमा अरुण सुमार्गीलाई जसरी पनि जिताउन एमाओवादी हेडक्वार्टरले ठाडो
हस्तक्षेप गर्नु र त्यस्तो हस्तक्षेपलाई अध्यक्ष सुरज वैद्यले सहर्ष
स्वीकार गरेपछि अब महासंघ उद्योगी–ब्यावसायीको छाता संगठनका रुपमा नरहेर
दलका नेताहरूको क्रिडास्थलमा परिणत भएको टिप्पणी उद्योगीहरूले गर्न थालेका
छन्।
प्रचण्डको भिटो प्रयोग गरेर अरुण सुमार्गीलाई जिताउन सुरज वैद्य
लागेपछि काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठ कालो मुख
लगाउँदै प्युठानमा रहेका चण्डीराज ढकालसंग हारगुहार गर्दागर्दै उनी
गोलप्रथाद्वारा नेतृत्व चयन गर्ने प्रक्रियामा सहमत हुन पुगेका थिए। गोला
प्रथामा जो हार्छ त्यो ब्यक्तिले महासंघकोे कार्यकारिणी समितिमा जम्मा ६
महिना मनोनीत सदस्य बन्ने मौका पाउने भनेपछि दिलसुन्दर आफैं गोला रोज्न
मञ्जुर भएका थिए। आफ्नै हातले गोला झिकेका र दुर्भाग्यले गोला पनि ‘अरुण
सुमार्गी’ लेखिएको झिकेपछि ‘मेरो भाग्य यस्तै रहेछ’ भन्दै चित्त बुझाउने
कोसिस गर्दागर्दै उनका नजिकै रहेका एक मित्रले लौ दुबै गोलामा अरुणकै नाम
थियो होला भन्दा उनी झसंग भएर अर्को गोला खोज्दा अर्को गोला क्षणभरमै गायब
भएकोमा दिलसुन्दरको मन भक्कानिएको कुरा एक ब्यावसायीले बताए।
चण्डीले छोडे गाँसबास
महासंघको २०६८ को निर्वाचनमा सुरज वैद्य समूहलाई जिताउन गाँसबास नै छोडेर निर्वाचनको कमाण्डर बनेका पूर्वअध्यक्ष चण्डीराज ढकाल यो पटक सुरज वैद्यको समूहबाट अलग भएर उपाध्यक्ष प्रदिपजंग पाण्डेको कमाण्डर बनेर अंचल र जिल्ला/नगर उद्योग बाणिज्य संघको साधारणसभामा प्रमुख अतिथि बन्दै कुदेको कुद्यै छन्। प्रदीपका लागि यो पटक पनि ढकालले गाँसबास छोडिसकेका छन्। चुनावी अभियानमा रातदिन खटिएका ढकाल आफ्नो साथमा एउटा समूह नै लिएर दौडधुप गर्न ब्यस्त छन्। यसै सिलसिलामा चण्डीराज ढकालले उपाध्यक्ष प्रदिपजंग पाण्डे, किशोर प्रधान, कृष्ण शर्मा, दीपक लम्साल, धुव्र श्रेष्ठ(राप्ती अञ्चल प्रतिनिधि), दीपेन्द्र क्षेत्री(मध्यपश्चिम अध्यक्ष), प्यूठानका माधव भण्डारी, तुल्सीपुरका हिमाल बस्नेत, सल्यानका हरिहर बुढाथोकी, रोल्पाका किशोर आचार्य, दाङका मधु वैद्य, स्याङ्जाका महेन्द्र श्रेष्ठ, वालिङका अर्जुन पन्त, अछामका चन्द्र ढुंगाना, कैलालीका कर्ण कुँवर र बाँकेका कृष्ण श्रेष्ठलाई साथमा लिएर प्यूठान र दाङको साधारणसभामा पुगेका थिए। स्मरण रहोस् प्यूठान उद्योग बाणिज्य संघ, तुलसीपुर उद्योग बाणिज्यसंघ, वालिङ उद्योग बाणिज्य संघ, अछाम उद्योग बाणिज्य संघले उपाध्यक्ष्ँ प्रदिपजंग पाण्डेलाई आगामी निर्वाचनमा समर्थन गर्ने घोषणा गरेको कुरा महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालले साँघुलाई बताए।

No comments:
Post a Comment