Thursday, September 19, 2013

नम्रता परिन् तानातानीमा

namrata shrestha                 काठमाडौ । एक समय झन्डैझन्डै कलाकारिता क्षेत्रबाट पलायनकै अवस्थामा पुगिसकेकी थिइन् अभिनेत्री नम्रता श्रेष्ठ। त्यतिबेला विवादमा व्यापक रूपमा तानिइन् उनी। त्यो अवस्थामा विचलित नभईकन आफूलाई सम्हाल्दा नम्रताका आगामी दिन सुखमय हुने देखिएको छ।
                  अब भने नम्रताको व्यस्तता क्रमशः बढ्दै जान थालेको छ। एकातिर उनले अभिनय गरेका चलचित्र रिलिज हुँदै छन् भने अर्कोतर्फ नयाँ–नयाँ चलचित्रका
काममा उनी व्यस्त हुँदै छिन्। अहिले आफ्नै गृहनगर धरानमा चलचित्र ‘नोभेम्बर रेन’को छायाङ्कनमा व्यस्त नम्रता बितेको गल्तीलाई सम्भि्कन चाहन्नन्। उनले भनिन्, ‘पहिले के भो अनि कस्तो भयो? म बिर्सेर पनि सम्भि्कन चाहन्नँ। अब भने आफ्नो कलाकारितालाई नयाँ किसिमले अगाडि बढाउनेछु।’
                नम्रताले अभिनय गरेका दुई चलचित्र मौन र मेघा प्रदर्शन हुँदै छन् भने अन्य नयाँ–नयाँ चलचित्रबाट उनलाई अफर आइरहेका छन्। पहिले यस्ती र उस्ती भनेर नम्रताको खिल्ली उडाउनेहरू नै अहिले नम्रतालाई आफ्नो सिनेमामा राख्न तानातान गर्न थालेका छन्। यसबाट पनि के प्रस्टिन्छ भने सहन सकियो भने र धैर्यता भयो भने एक दिन अवश्य दिन फर्कन्छ।
               आफ्नो झन्डै गुम्न लागेको साखलाई बचाउन सफल भएकी नम्रता अब सिनेमा पनि छानेर मात्र खेल्ने कुरा बताउँछिन्।

No comments:

Post a Comment