Monday, September 23, 2013

आईजीपीको धम्कीपछि गृहमन्त्रीको वाक्य बन्द

madav ghimire             काठमाडौं। एमाओवादीले फिट गरेको सुरक्षा संयन्त्रलाई हेरफेर गरेर मात्रै चुनावमा जानुपर्ने नेपाली कांग्रेस र एमालेको मागलाई त्यतिबेला सबैभन्दा बढी ‘इग्नोर’ गर्नेमध्येका थिए– गृहमन्त्री माधव घिमिरे। तर आफूले कतिसम्म गल्ती गरेछु भन्ने महसुस यतिबेला उनले गरेका छन्।
                   घटना गत साताको हो। नेपाल प्रहरीले तयार गरेको सुरक्षा रणनीति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईको हातमा पुगेको गृहमन्त्री घिमिरेले थाहा पाए। यो सूचना चुहाउनेको खोजीमा उनी जुटिरहेको भोलिपल्टै एक दैनिक अखबारमा सुरक्षा रणनीति छरपष्ट हुने गरी प्रकाशित भएपछि उनी चकित परेका थिए। अत्यन्त
गोप्य भनिएको निर्वाचन सुरक्षा रणनीति नेपाल प्रहरीका आईजीपी कुवेरसिंह राना, एआईजीपी नवराज ढकाल र पाँच विकास क्षेत्रका डीआईजी गरी सातजनालाई तथा प्रधानसेनापति र सशस्त्र प्रहरीका आईजीलाई मात्रै थाहा थियो।
                     यस्तो गोप्य दस्ताबेज कस्ले लिक गरेको हो तुरुन्तै छानविन गरेर जोसुकै भएपनि कारवाही गरिहाल्नुस् गृहमन्त्री घिमिरेले आईजीपी कुँवेरसिंह रानालाई आदेश दिए। तर राना कसैलाई कारवाही सक्ने हैसियतमा थिएनन्, उनले भने बरु मैं राजीनामा दिन्छु। एमाओवादी नेताकहाँ कसले पुर्‍यायो, अनुमान लगाउन सकिएन, तर कान्तिपुरमा चाहिँ राजेन्द्रसिंह भण्डारीले पुर्‍याएको हुनुपर्छ, गृहमन्त्रीलाई एकजना एआईजीले तत्कालै सुनाएको समाचार स्रोतले बताएको छ।
                     तर गृह मन्त्रालयको उच्च सेातले भने मेट्रोका एआईजी नवराज ढकालमाथि शंका गरेको छ। यसअघि नै गृहमन्त्री घिमिरेले तत्काल आईजीपी रानालाई बोलाएर भनेका थिए– सुरक्षा रणनीति कसले लिक गरेको हो, छानबिन गरेर कारबाही गर्नुपर्‍यो। गृहमन्त्री घिमिरेको यो आदेशपछि लाचार हुँदै आईजीपी रानाले भने– ‘म राजीनामा दिनसक्छु, तर यो घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सक्दिनँ।’ आईजीपीको यो लाचारीपछि गृहमन्त्री घिमिरे चुपचाप छन्। यति सामान्य गोप्यतासमेत कायम गर्न नसक्ने नेपाल प्रहरीले सफलतापूर्वक चुनावी रणनीति बनाउला र सरकारलाई सफलताको शिखरमा चढाउला भन्ने विश्वास गर्नु नै यो सरकारको मुर्ख्याइँ हो, एकजना एआईजीले तरुणलाई बताए।
                         यता, मंसिर ४ मा चुनाव गर्ने तयारीपछि आईजीपी रानाको पदावधि तीन महिना थप्ने गृहकार्य भइरहेको छ। उनी कात्तिक २९ गते रिटायार्ड हुँदै थिए। उनी कात्तिक २९ गते रिटायर्ड हुँदा डीआईजीपीद्वय पार्वती थापा र विमला थापामध्ये एकजना आईजीपी हुनसक्ने सम्भावना थियो। तर रानाको म्याद तीन महिना थपिने भएपछि उनीहरू घर जाने भएका छन्। पदावधिका कारण आगामी मंसिर १० गते उनीहरूले बिदाइ पाउने भएकाले रिक्त एक एआईजीमा समेत कसैको प्रमोसन नहुने भएको छ।

No comments:

Post a Comment