किनकी शनिबार समेत यी दुबै फिल्मले
राम्रो व्यापार गर्न नसेकेको हल
सञ्चालकहरुले बताएका छन्।यी दुई फिल्ममा यौन हिँसालाई मुख्य बिषय बनाईएको छ। तर दुई फिल्मको कथा बिपरित प्रकारको छ। प्राण भन्दा प्यारोमा श्रीमानले श्रीमतीलाई अनाबस्यक यौन जन्य हिँसा गरेको तथा यौनजन्य यातना दिएको देखाईएको छ। यसरी हिँसा गर्ने क्रममा नायिकालाई सक्दो नँग्याउने कार्य गरिएको छ। तथापि दर्शकले नायिकाको नग्नतालाई मन पराएको पाईएन।
चलचित्र प्राण भन्दा प्यारोलाई पारिवारिक फिल्म भनिएको छ । तर पारिवारिकको नाममा भरमार अँग प्रदर्शन गराईएको छ। फिल्मले बयस्कले मात्र हेर्न मिल्ने प्रमाणपत्र पाएका कारण फिल्म पारिवारिक हुन सकेको छैन। यो चलचित्रलाई कमलकृष्णले निर्देशन गरेका हुन्। ।
यो चलचित्रमा बाशु पुडासैनी, अनामिका चौलागाँई, कमल कृष्ण , बिष्णु सापकोटा, सन्दिप बगाले, गणेश बगाले, दिपेन्द्र कुमार श्रेष्ठ, आशा खड्का लगायतको अभिनय रहेको छ। बाशुले यो फिल्ममा लगानी गरेर हिरो भएका हुन्। चलचित्रबाट बाशु पुडासैनी र अनामिका चौलागाई नयाँ नायक नायिकाको रुपमा प्रस्तुत भएका हुन्। मुकेश हुमागाईको छायाँकन रहेको यो चलचित्रको सँगीतकार कमलकृष्ण आफैं हुन्।
अर्को चलचित्र खेतालाको कथाले आम नारीलाई एक पटक लज्जित बनाउँछ। यो फिल्मले त घरमा श्रीमती छैन तथा श्रीमानले यौन सन्तुष्टि दिएनन भने पर पुरुषसँग यौनसम्बन्ध स्थापित गर्नु पर्छ भन्ने किसिमको सन्देश दिएको छ।
यो चलचित्रलाई यौन समस्यामा आधारित भनिए पनि खेतालालाई पतीत सिनेमा भन्दा अतिरञ्जना नहुने विभिन्न दर्शकको गुनासो छ। यो फिल्मलाई सेन्सरले आठ ठाउँमा काटेको हो। यदी यसरी सेन्सर नगरेको भए यो फिल्म दर्शकलाई भनै पतित लाग्ने थियो।
खेतालालाई शिव घिमिरेले निर्देशन गरेका हुन्। जसमा मोनिका दाहाल, राजेश ढुंगाना, पुष्कर रेग्मी, रामभक्त श्रेष्ठ, किशोर चौलागाई लगायतका अभिनय रहेको छ।
No comments:
Post a Comment