Saturday, September 21, 2013

काठमाण्डौ १ बाट भुवनको सिफारिस : प्रचण्ड पुत्रीसँग लडाइँ !


              अभिनेता भुवन केसी नेकपा एमाले पार्टीको तर्फबाट काठमाण्डौ क्षेत्र नम्वर १ बाट आगामी संविधान सभाको प्रत्यक्ष उम्मेरद्वारका लागी सिफारिसमा परेका छन् । अभिनेता केसीसँगै १ नम्वर क्षेत्रबाट एमालेका विदुर मैनाली र सपना प्रधान मल्ल पनि प्रत्यक्ष उम्मेरद्वारको सिफारिसमा छन् ।
               एमाले पार्टीको केन्द्रिय कमीटीको बैठकले मल्ल र मैनालीलाई पाखा लगाएर केसीलाई निर्वाचनको टिकेट उपलब्ध गराएमा उनको लडाइँ एमाओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालसँग हुने सम्भावना छ । 
                  काठमाडौ क्षेत्र नम्वर १ बाट एमाओवादीले अध्यक्ष दाहाल पुत्रीको सम्भावनालाई प्रथामिकता दिएका छन् । नेपाली काङ्ग्रेस तर्फ भने काठमाण्डौ क्षेत्र नम्वर १ मा अभिनेता केसीको चुनावी लडाइँ प्रकाशमान सिंहसँग हुनेछ ।
                  फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै अभिनेत्री रेखा थापा पर्सा क्षेत्रबाट चुनाव लड्ने तयारीमा छिन् । एमाओवादीको तर्फबाट रेखाले
प्रत्यक्ष चुनाव लड्ने बारे पर्साका स्थानीय नेतासँगको लवीलाई तीव्र पारेकी छिन् । त्यस्तै निर्माता तथा अभिनेता रोज राणा प्यूठान क्षेत्र नम्वर २ बाट चुनाव लड्ने चर्चा छ । गृह जिल्ला प्यूठान क्षेत्र नम्वर २ बाट नेपाली काङ्ग्रेसको सिफारिसमा रोज परेका छन् ।

No comments:

Post a Comment