Monday, September 23, 2013

हट बिनाको साहरुखसँग चुम्बन गर्ने चाहना, सलमानलाई मतलब नै गरिनन्

srk-salman-and-bina-malik                    बिना मलिक आफ्नो परिचय बलिउडमा बनाउने तयारीमा छिन् । उसो त उनले आफ्नो परिचय अभिनयका कारण भन्दा पनि सेक्स छविका कारण बनाइरहेकी छिन् । उत्तेजक दृश्य, उत्तेजक फोटोसुटका कारण चर्चामा आउने मलिक आफ्ना अन्र्तवार्ताका कारण पनि न्यूजमेकर बन्ने गर्छिन् ।हालै मात्र उनले बलिउडका बादशाह साहरुख खानसँग
चुम्बन गर्ने ईच्छा प्रकट गरेकी छिन् । उनका अनुसार चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ हेरेपछि उनी साहरुखको फ्यान भएकी हुन् । साहरुखले काजोलसँग गरेको रोमान्सलाई ऐना अगाडी बसेर उनले पनि अनुभव गरेकी छिन् । उनले साहरुखसँग उनकै स्टाइटलमा चुम्बन गर्ने चाहना राखिन् ।उता एक अर्को प्रसंगमा नायिका मलिकले सलमान खानले संचालन गर्दै आएको ‘बीग बोस’मा आफ्नो कुनै आकर्षण नभएको तर्क गरिन् । ‘बीग बोस’बाटै यो क्षेत्रमा आएकी मलिकले आफ्नो आकर्षण कहिले पनि त्यता नगएको बताइन् । उनले संचारमाध्यममा आउन हरेक किसिमको हर्कत गर्ने अर्की मोडल राखी सावन्तसँग आफ्नो तुलना नहुने बताएकी छिन् ।

No comments:

Post a Comment