५ असोज, काठमाण्डौं । निर्वाचनको विपक्षमा
रहेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बैठक आज बस्दैछ । माओवादी
पार्टी कार्यलय बुद्धनगरमा दिउँसो बस्ने बैठकमा विभिन्न संर्घषका
कार्यक्रमका बारेमा छलफल हुनेछ ।
निर्वाचन प्रकि्रयाप्रति असन्तुष्ट जनाउदै
आएका ३३ दल निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कार्यतालिका एक साता पछि
सारेपछि झन आक्रोशित भएका छन् । आगामि असोज १० गते संविधानसभाको लागी
मनोनयन दर्ता गर्ने गरी तय गरेको कार्यक्रमलाई प्रभावित पार्ने गरी
आन्दोलानरत ३३ दलले असोज ९ र १० गते नेपाल बन्दको घोषणा
गरेका थिए । अब अब असोज १७ र १८ को कार्यक्रमलाई प्रभावित पार्ने गरी कस्तो कार्यक्रम ल्याउने भन्ने बारे बैठकमा छलफल हुने बहुजातीय समावेसी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो ।
गरेका थिए । अब अब असोज १७ र १८ को कार्यक्रमलाई प्रभावित पार्ने गरी कस्तो कार्यक्रम ल्याउने भन्ने बारे बैठकमा छलफल हुने बहुजातीय समावेसी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment