८ असोज, काठमाण्डौं । चाडपर्व नजिकिँदै
गर्दा राजधानीमा चोरको बिगबिगी बढेको छ । घरमा कोही नभएको बेला एक भिआईपीको
घरबाट हालै २५ लाख बराबरको चोरी भएको छ । तर, प्रहरीले सो घटनालाई गोप्य
राखेको छ ।
महाराजगञ्ज निवासी नेपाली सेनाका जर्नेलका सपिन विक्रम राणाको घरबाट दुई साताअघि चोरी भएको छ । घरको ताला फुटाएर ठूलो मात्रामा सुनका गहना चोरी भएको
प्रहरी स्रोतले जनाएको छ । तर, जर्नेलको घरमा चोरी भएको घटना सार्वजनिक हुँदा बेइज्यत हुने भएकाले प्रहरीले घटनालाई गोप्य राखेको छ । यसअघि पनि सुरक्षा अधिकारीकै घरमा डकैती समेत भएका छन् ।

हालै महानगरीय प्रहरी अपराध महाशाखाका
डीएसपी उमा चर्तुवेदीको पेस्तोल, सेट, आइफोन तथा ल्यापटप तोरी भएको थियो ।
पार्किङमा राखिएको ठाउँबाट न्युरोडबाट उनको झोला चोरी भएको मंगलबार
प्रकाशित दृष्टि साप्ताहिकमा खबर छ । ल्याबटप र आइप्याड निकालेर चोरले उनको
पेस्तोल र सेट राखेर झोला न्युरोडको पिपलबोट नजिक फालिदिएका थिए ।
प्रहरीको सीआरभी भ्यानले झोला फेला पारेपछि उनको जागिर बचेको छ ।
No comments:
Post a Comment