Monday, September 23, 2013

राष्ट्रपतिका नाममा चुरेमा आधा अर्ब स्वाहा

         ८ असोज, काठमाण्डौं । ‘तपाईहरु सबैजसोले विदेशी विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ, तर योजना र क्षमता प्रदर्शन त्यति राम्रो हुन सकेको भान भइरहेको छैन् ।’ यो भनाई राष्ट्रपति राम बरण यादबको हो ।
उनले संरक्षण क्षेत्रअन्तर्गत वन मन्त्रालयका कार्यक्रमबारे असन्तुष्ट मात्र जनाएनन्, सरोकारवाला अधिकारीहरुको कार्यशैलीप्रति निराश पनि देखिए । सोमबार राष्ट्रिय संरक्षण दिवस कार्यक्रममा ठाडै भनिदिए, ‘वन प्रशासनमा शिक्षित जनशक्ति हुँदाहुँदै अपेक्षाकृत उपलब्धी हासिल हुन सकेन ।’
राष्ट्रपति यतिविधि असन्तुष्ट हुनुको कारण, उनकै पहलमा तीन बर्षअघि सुरु भएको ‘चुरे संरक्षण कार्यक्रम’ को सुस्त प्रगति हो । करिब १५ मिनेट लामो वक्तव्यका क्रममा सबैजसो
संरक्षण कार्यक्रमको रेसारेसा केलाउन भ्याए पनि उनको मुख्य जोड चुरेमै रहेको नागरिक दैनिकमा खबर छ ।
तीन वर्ष भित्र चुरे संरक्षण कार्यक्रममा करिब ५३ करोड रुपैयाँ खर्च भइसकेको छ । यसै वर्ष राष्ट्रिय गौरवको योजनामा पारेर थप ५० करोड विनियोजन गरिएको वन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्य बताउँछन् । तर, अहिलेसम्म करिब ८० प्रतिशत ‘बालुवामा पानी हालेसरह’ भएको वनकै अधिकारीहरु स्वीकार गर्छन ।
वनका एक उच्च अधिकारीका अनुसार २६ जिल्लामा रकम खर्च गरिएको छ । कहाँ कहाँ के काम भयो भनेर देखाउने ठाउँ भने केही छैन् । आधा अर्ब खर्च भइसक्दा पनि चुरे बग्ने क्रम जारी छ ।

No comments:

Post a Comment