कारबाहीको लिष्टमा सबैभन्दा पहिलो नम्बरमा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई राखेका छन्। प्रचण्डकै कारण मुलुक बर्बादीतर्फ गएको, विदेशी हस्तक्षेप बढेको, पार्टीले चाहेबमोजिम क्रान्ति पूरा नभएको तथा आफ्नो युद्धमा संलग्न लडाकुहरूको जीवन अन्धकार बनाएको आरोप लगाएका छन्। त्यस्तै बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, वर्षमान पुन, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, एमाले अध्यक्ष झलनाथ खनाल, केपी ओली, काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालगायतकालगायतका नेताहरू पनि उनीहरूको निशानामा रहेका छन्।
प्रमुख नेताहरूले नै मुलुक अन्धकारतर्फ लगेकोले सबैभन्दा पहिले जनस्तरबाट उनीहरूलाई नै कारबाही गर्नुपर्ने निष्कर्षमा पुगेका हौँ,’ बहिर्गमित लडाकुहरूको सङ्गठनका अध्यक्ष लालचन्द्र विकले भने, ‘हाम्रो जिन्दगीमाथि खेलवाड गर्ने अयोग्य नेताहरूहरूलाई छानीछानी ठीक पारिनेछ।’ कुनै न कुनै रूपमा हामीमाथि गरेको अन्यायको बदला लिएरै छाड्छौ र अधुरो रहेको क्रान्ति पनि पूरा गछर्ौं विकले थपे, ‘हामी अझै संयमित भएर आफ्ना मागबारे सबै नेतालाई जानकारी गराउँछौँ, माग पूरा गर्न समय पनि दिन्छौँ, त्यति गर्दा पनि मागको सुनुवाइ नगरे कारबाहीमै उत्रन बाध्य हुन्छौँ।’
संविधानसभाको चुनाव नाटक मात्र भएकोले चुनावको सक्रिय बहिष्कार गर्ने र निर्वाचनमा नाममा जिल्ला तथा गाउँमा पुग्ने नेताहरूलाई भौतिक आक्रमण गर्नेसम्मको योजना बनाएका छन्। आफूहरू सैन्य तालिमबाट पनि निपुण भएको जानकारी दिँदै विकले आवश्यक परे पीडित युवाहरू मिली जनमुक्ति सेना निर्माण गरेर प्रतिकारमा उत्रने चेतावनीसमेत दिए।
आफूहरू जनताको बीचमा रहेको र जनताको सेनाको रूपमा उभिएको भन्दै उनीहरू आफूहरूलाई जनसमर्थन रहेको दाबीसमेत गरेका छन्। उनीहरूले बहिर्गमित जनमुक्ति सेनालाई प्रतिव्यक्ति १० लाख, विभिन्न बाहनामा नियन्त्रणमा लिएकालाई रिहाइ, अपाङ्गलाई व्यवस्थासहित राहत र आत्महत्या गर्न पुगेका परिवारजनलाई राहत दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन्। उनीहरूले हिजो मंगलबार एमाओवादी र माओवादीका नेताहरूलाई आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएका छन् भने आज प्रधानमन्त्री र राष्ट्रपति तथा भोलि एमाले र काङ्ग्रेसका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम बनाएका छन्।
No comments:
Post a Comment