Tuesday, October 1, 2013

सुशीलले बाँडे कांग्रेसका उम्मेदवारलाई करोडौं रुपैयाँ

                  १६ असोज, काठमाण्डौं । कांग्रेसले टिकटसँगै प्रत्येक उम्मेदवारलाई एक/एक लाख रुपैयाँ चुनाव खर्च दिएको छ । सभापति सुशील कोइरालाले टिकटसँगै उम्मेदवारको चिठी बुझ्न आएका प्रत्येक उम्मेदवारलाई चुनाव खर्च भन्दै पैसा दिएका हुन् ।
                   उम्मेदवारलाई बाँड्न सभापति कोइरालाले बोरामा हालेर बिहानै पार्टी कार्यालयमा पैसा लगेको नयाँ पत्रिकामा खबर छ । दिनभर उम्मेदवारलाई बाँडेपछि बाँकी रहेको पैसाको बोरा आफ्नै गाडीमा राखेर कोइरालाले निवास तर्फ लगेका छन् ।
               कांग्रेसले तत्कालका लागि प्रत्येक उम्मेदवारलाई पाँच/पाँच लाख दिने तयारी
गरेको छ । अहिले टिकटसँगै एक लाख पाएका उम्मेदवारले पछि थप चार चार लाख रुपैयाँ पाउँनेछन् । विवादबीच कांग्रेसले मंगलबारदेखि संविधानसभा निर्वाचनका लागि टिकट वितरण सुरु गरेको छ ।

No comments:

Post a Comment