Saturday, December 28, 2013

गौहरले जित्ने बित्तिकै पुलिस बिग बोसको घरमा

               मुम्बई, पुस १४ – बिग बोसको ७ औं संस्करण सकिए पनि यससँग जोडिएको विवाद भने सकिएको छैन । शनिबार राती सकिएको बिग बोसमा घरमा शो सकिने बित्तिकै पुलिस पुगेका छन् । पुलिसले अरमान कोहली र सोफिया हयातका बीच भएको विवादका विषयमा घरमा बस्ने सबै सदस्य तथा शोसँग जोडिएका सबैसँग सोधपुछ गरेका छन् ।
                 यसअघि, गौहर खानले बिग बोस–७ को विजेता बनेकी छिन् । त्यस्तै तनिषा मुखर्जी रनर–अप बनिन् । शोमा चार फाइनलिस्ट पुगेका थिए – गौहर खान, संग्राम सिंह, एजाज खान र तनिषा । शनिबारको ग्राण्ड फिनालेमा सबैभन्दा पहिला संग्राम सिंह बाहिर भएका थिए । त्यसपछि एजाज पनि बाहिर भएका थिए । शोका होस्ट सल्मान खानले गौहरलाई विजेताको ट्रफी दिएका थिए । बिग बोसको घरमा तनिषा र संग्राम १०५ दिन रहेका थिए भने गौहर १०३ र एजाज ६३ दिन रहेका थिए । यो शोको बिजेता ट्रफीसँगै गौहरले ५० लाख
भारतीय रुपैयाँ पनि जितेकी छिन् ।

No comments:

Post a Comment