Saturday, December 28, 2013

एमालेमा आफ्नै प्रतिवद्धताविपरीत पति-पत्नी सभासद्

कसैलाई सँधै हाइहाइ, कसैलाई खाइ न पाइ !

asta-amit-bharat             १४ पुस, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीले आफ्नो कोटामा परेका ८४ जना समानुपातिक सभासद्को नामावली निर्वाचन आयोगमा दर्ता गरेपछि पार्टीभित्र विवाद बढ्न थालेको छ ।
                केन्द्रीय कमिटीले बनाएको मापदण्ड विपरीत स्थायी कमिटीले सभासद् छानेको भन्दै एमालेमा असन्तुष्टि बढेको हो । एमाले केन्द्रीय कमिटीले अवसर नपाएका, पार्टीका काम र आन्दोलनमा सक्रिय भएका, भूगोल र केन्द्रको सन्तुलन मिलाएर समानुपातिक सभासद् छान्न स्थायी कमिटीलाई सुझाव दिएको थियो । सभासद छान्दा नयाँलाई प्राथमिकता दिने र श्रीमान् श्रीमती दुबैलाई नपारिने
बताइएको थियो ।
श्रीमान् श्रीमती नै सभासद्
         एमालेले चुनाव अगाडि गरेको प्रतिवद्धता विपरीत अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्य श्रीमान् श्रीमतीलाई नै समासद बनाएको छ । त्यस्तै लाभको पद पाइसकेका युवराज ज्ञवालीलाई पनि दोहोर्‍याएर अवसर प्रदान गरिएको छ ।
        पार्टीमा ०४८ सालदेखि नै लाभको पद पाउँदै आएका, राजाको शासनकालमा पनि प्रतिगमन सच्चियो भन्दै सरकारमा गएका र ०६४ को चुनाव हारेर पनि मन्त्री बन्ने अवसर पाएका बिरामी अवस्थाका भरतमोहन अधिकारीलाई फेरि सभासद बनाएर थप अवसर प्रदान गरिएको छ ।
              राप्रपा नेपालको तर्फबाट समानुपातिकको सूचीमा रहेकी राज्यलक्ष्मी गोल्छालाई पार्टीमा चन्दा बाहेक अन्य योगदान नभए पनि अवसर दिइएको छ । पुराना र त्यागी नेता प्रदीप नेपालले भन्दा सञ्चार व्यवसायी महेन्द्र शेरचनलाई प्राथमिकता दिइएको छ ।
              पार्टीमा महत्वपूर्ण भूमिका खेलेका पोलिटब्युरो सदस्य प्रदीप नेपाल, युवा विद्यार्थी नेता राजेन्द्र राई, ठाकुर गैरे, रामकुमारी झाँक्रीलगायतका नेताहरु सभासद्को सूचीमा परेका छैनन् ।
             सभासद्को नामावलीमा समेटिन नसकेका असन्तुष्टहरुले स्थायी कमिटीले केन्द्रीय कमिटीको सुझाव उल्लघंन गरेको आरोप लगाएका छन् । उनीहरुले प्रमुख नेताहरुले आ-आफ्ना गुटका नेता/कार्यकतालाई छनोट गर्दै विगतको इतिहास बिर्सिएको, आन्दोलनमा खेलेको भूमिकाको उचित सम्मान  नगरेको र देश बनाउन सक्ने युवाहरुलाई पछि पारेको अरोप लगाएका छन् ।
                 एमालेले निर्वाचन पहिले सभासद् बन्नका लागि बनाएको मापदण्डमा पटक-पटक अवसर पाएकालाई हटाएर नयाँ तथा योगदान पुर्‍याउनेलाई अवसर दिने भने पनि आन्दोलन तथा निर्वाचनमा सक्रिय भएर समानुपातिक उम्मेद्वारको सूचीमा परेका युवा नेतालाई भने सभासद् बन्नबाट रोकेको छ । तर, तीन पटक सांसद तथा पटक पटक मन्त्री भएकाहरु सूचीमा परेका छन् ।

No comments:

Post a Comment