‘सर्वहारावर्ग’ का नेता भनिए पनि प्रचण्डको उठबस र लवाइ-खवाइको पनि पार्टीभित्रैबाट निकै ठूलो चर्चा र आलोचना हुँदै आएको छ । र, यसको असर हालै सम्पन्न संविधानसभा चुनावमासमेत परेको छ । तर, भित्री खासखुस कुराकानीमा यसलाई स्वीकार गर्ने एमाओवादी नेताहरु औपरिचारिक फोरमहरुमा प्रचण्डबारे प्रश्न उठाउन आँट गर्दैनन् । एमाओवादी नेताहरुकै शब्दमा ‘मुखले बोले बाइलो हुन्छ, झिम्काई देऊ परेली’ भन्ने गीतझै प्रचण्डको विपक्षमा
बोले विवादमा परिन्छ भन्दै नेताहरु चुप बस्ने गरेका छन् ।
तर, संविधानसभा चुनावमा अप्रत्यासित हार
व्यहोरेपछि समीक्षा गर्न बसेको बैठकमा भने केही नेताहरुले प्रचण्डको
पारिवारिक मामिलामा प्रश्न उठाउने आँट छन् । स्रोतका अनुसार उपाध्यक्ष नारायणकाजी
श्रेष्ठ प्रकाशसहितका नेताहरुले पेरिसडाँडामा सम्पन्न पूर्वपोलिटब्यूरो
सदस्यको बैठकमा प्रचण्डमाथि प्रश्न उठाउने आँट गरेका छन् । स्रोतका अनुसार
श्रेष्ठले प्रचण्डको भारतीय खुफिया एजेन्सी रअका अधिकारीसँग उठबस रहेको
भन्दै कांग्रेस नेता अमरेशकुमार सिंह र व्यापारी अजय सुर्मागीसँग सम्वन्ध
तोड्न आग्रह गर्नुभएको छ ।
No comments:
Post a Comment