Saturday, December 28, 2013

रणवीर-प्रियंकासँग प्रतिस्पर्धा गर्न दीपिकालाई ४ करोड

रणवीर-प्रियंकासँग प्रतिस्पर्धा गर्न दीपिकालाई ४ करोड            नयाँ दिल्ली— दीपिका पादुकोणको चमक यतिबेला बलिउडमा निकै उचाइमा छ। उनका ५ मध्ये ४ फिल्म सुपरहिट भएसँगै उनको माग चुलिँदो छ। सिनेमा मात्र हैन दीपिकाको माग विज्ञापन दुनियाँमा पनि बढ्दो छ। ठूला कम्पनीहरु यतिबेला उनको पछि लागेका छन्।
                      दीपिका अब कोकाकोलाको विज्ञापनमा देखिँदैछिन्। कोक प्रवर्द्धनका लागि उनले एक वर्षको ४ करोड भारु लिनेछिन्। कोकको काममा उनको प्रतिस्पर्धा रणवीर कपुर र प्रियंका चोपडासँग हुनेछ। यी दुई स्टार कोकको प्रतिद्वन्द्वी कम्पनी पेप्सीको विज्ञापनमा छन्। आर्थिक पत्रिका द इकोनोमिक टाइम्सका अनुसार कोक र दीपिकाबीच करार सम्झौतामा हस्ताक्षर भइसकेको छ। रोचक पक्ष यो छ कि २००८ र २००९
मा दीपिकाले पेप्सीका लागि काम गरेकी थिइन्। स्टार छनौटमा निकै माहिर मानिने कोकले कुनै बेला ऐश्वर्य रायलाई आफ्नो विज्ञापनमा राखेको थियो। यसपाला दीपिकाका साथमा फरहान अख्तर देखिने छन्।

No comments:

Post a Comment