म्याग्दी २०७० पुष १३ । म्याग्दीमा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको छ । दाम्पत्य जीवनमा विभिन्न कारणहरुले पतिपत्नी विचको सम्वन्धमा अविश्वासको
वातावरण सृजना गरेपछि सम्वन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको हो ।
म्याग्दी जिल्ला अदातलको तथ्याङ्क अनुसार पछिल्ला बर्षहरुमा सम्वन्ध
विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । चालु आर्थिक बर्ष २०७०/०७१
को मंसिर मसान्तसम्ममा जिल्ला अदातलमा ४१ वटा सम्वन्ध विच्छेदको मुद्दा
दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये आधा भन्दा बढि मुद्दा फैसला भएको
अदालतका डिठ्ठा लेखनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार अघिल्लो आब २०६९/०७० मा अदालतमा सम्वन्ध विच्छेदको लागी
दर्ता भएका ५९ मुद्दा मध्ये ४२ थान फैसला
भएको थियो । केही बर्ष अगाडी सम्म
न्युन मात्रामा सम्वन्ध विच्छेदका मुद्दाहरु दर्ता हुने म्याग्दी जिल्ला
अदालतमा आर्थिक बर्ष ०६६/६७ मा ३५, ०६७/६८ मा ५६ र ०६८/६९ मा ६८ थान
सम्वन्ध विच्छेदका मुद्दा आएका थिए । अदातलमा दर्ता भएका अधिकाँश सम्वन्ध
विच्छेदका मुद्दाहरु फैसला समेत भएका छन् । अदालतमा आएका सम्वन्ध विच्छेदका
मुद्दामध्ये न्युन मात्रामा पुरुषवादी भएपनी अधिकाँश मुद्दाहरु महिलावादी
भएर आउने गरेको डिठ्ठा अधिकारीले बताए ।
जिल्ला अदालतमा आउने मुद्दाहरु मध्ये पछिल्लो समय सम्वन्ध विच्छेदका
मुद्दाहरु पनी धेरै आउने गरेको अधिवक्ता ठहर बहादुर भण्डारीले बताए ।
पश्चिमा मुलुकहरुको प्रभाव बढ्नु र वैदेशीक रोजगारीले सम्वन्ध विच्छेदको
क्रमलाई बढाएको छ, उनले भने –‘पति पत्नीको सम्वन्ध अलग हुँदा उनका
बालबच्चाहरुमा शारीरिक, मानसिक, वौद्धिक रुपमा समेत नकरात्मक असर पर्न
सक्ने सम्भावना बढेको छ ।’ सम्वन्ध विच्छेदको ऐन पुरुष भन्दा महिला मैत्री भएको कारण पनी अदालतमा
दर्ता हुन आउने अधिकाँश मुद्दाहरु महिलाबादी भएर आउने गरेका हुन् ।
पतिपत्नी विचमा अविश्वास बढेर पत्नीदेखी पती अलग हुन चाहेमा गाविसमा निवेदन
दिनुपर्ने र गाविसबाट उनीहरुलाई मिलाउन कोसीस गर्नुपर्ने व्यवस्था छ ।
एक बर्षसम्म प्रयास गर्दासम्म पनी नमिलेको खण्डमा प्रतिवेदन सहित सम्वन्ध
विच्छेदको लागी जिल्ला अदालतमा सिफारिस साथ पठाउनुपर्छ भने महिलाको हकमा
श्रीमतीले सिधै सम्वन्ध विच्छेदको लागी अदालतमा मुद्दा दायर गर्न पाउने
प्रावधान रहेको छ ।
सम्वन्ध विच्छेद गर्न अदालत आउनेहरुले लोग्ने स्वास्नीविच मनमुटाब भएर संगै बस्ने अवस्था नरहेर, खान लगाउन नदिएर, जातीयताको आधारमा दमन गरेको जस्ता कारणहरु देखाउने गरेको भएपनी पछील्लो समय रोजगारी, व्यापार व्यवसायको लागी बढ्दो वैदेशीक रोजगार, औद्योगीकरण, शहरीकरण, बढ्दो घरेलु हिँसा, नाता सम्वन्ध कायम भएपनी पतिपत्नी संगै नबस्नु, परम्परागत मुल्य मान्यतामा आएको परिवर्तन, पश्चिमा देशहरुको प्रभाव बढ्नु सम्वन्ध विच्छेदको प्रचलन बढ्नुको मुख्य कारण बनेका छन् । लोग्ने स्वास्नी विच विश्वासको बन्धन टु्ट्दा संगै बस्न नसक्नुले सम्वन्ध विच्छेदको स्थिती निम्त्याउने गरेको म्याग्दी बहुमुखी क्याम्पसका समाजसास्त्र विषयका प्राध्यापक गोरख जिसी बताउनुहुन्छ । अहिले समाजमा कहिँकतै जैविकिए यौन आवस्यकता परिपुर्ति गर्ने क्रममा पतीपत्नै संगै नहुँदा परपुरुष र परस्त्रीसंंग घनिष्टता बढ्ने भएकाले यस्तो सम्वन्धले अन्तत सम्वन्ध विच्छेद सम्मको परिस्थिती सृजना गर्ने उहाँको भनाई छ ।

राम्रो संग मिलेर बसेको परिवार वैदेशीक रोजगारीको कारण सम्वन्ध
विच्छेदमा आएर टुंगीने गरेका केही उदाहरणहरु पनि भेटिन थालेको छ । तर
यसैलाई मात्रै सम्वन्ध विच्छेदको मुख्य कारण भने मान्न सकिन्न र सम्वन्ध
विच्छेदको संख्या बढ्नु नकारात्मक मात्रै हो भन्न पनी मिल्दैन् । किनकी
संगै बस्न सक्ने अवस्था नरहेपछी सम्वन्ध विच्छेदले पति पत्नीवीचमा
व्यक्तिगत जिवन जिउने नयाँ यात्रा समेत तय गर्ने गर्छ । आफ्नो चाहना
अनुसारको सम्वन्ध स्थापित गर्नु र सम्वन्ध विच्छेद गर्नु व्यक्तिगत
स्वतन्त्रताको कुरा भएपनी यस्ले पत्यक्ष रुपमा नेपाली समाजको संस्कृतिमा नै
प्रभाव पार्न थालेको छ । पतिपत्नीविच एकले अर्कालाई कुटपिट गरेमा,
घरनिकाला गरेमा, श्रीमानले अर्को श्रिमती ल्याएमा, श्रीमानले परस्त्री र
,श्रीमतीले परपुरुषसंग करणी गरेको प्रष्ट हुन आएमा मात्रै एकले अर्कासंग
सम्वन्ध विच्छेद गर्न पाउने प्रावधान छ ।
समाजमा शिक्षाको स्तर बढेसंगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर नबस्ने भएकाले सम्वन्ध विच्छेद गर्दा पिडित पक्षले न्याय पाउने भएपनी पछिल्लो समय सम्वन्ध विच्छेदको प्रकृति फेरीएको छ । वैदेशीक रोजगारीका लागी विदेश जाँदा गरेको कागजी विवाह रद्ध गर्न पनी सम्वन्ध विच्छेद गर्ने प्रचलन बढेको पाईएको छ । पति पत्नी पारस्परिक सम्बन्धमा टिक्ने सम्वन्ध भएकाले जहाँ उनीहरुविच मन र मुटुको सम्वन्ध कायम रहन सक्दैन त्यस्तो विसम परिस्थीतीमा मात्रै सम्वन्ध विच्छेद गर्नुपर्छ भन्ने कानुनको मान्यता भएको कानुन व्यवसायीको भनाई छ ।

No comments:
Post a Comment