Friday, May 9, 2014

हामी गलत भए महाअभियोग लगाउँनुहोस्—ढुङगाना

             काठमाडौं—२६ बैशाख,न्यायपरिषद्का सदस्य खेमनारायण ढुङगानाले आफूहरुले न्यायपरिषद्ले गरेको निर्णय फिर्ता नहुने बताउनुभएको छ । सर्वोच्च अदालतका आठ स्थायी न्यायधिश नियूक्तको लागि भएको सिफारिसमा विवाद बढिरहँदा परिषद्का सदस्य ढुङगानाले परिषद्ले  उपयूक्त, सक्षम, ईमान्दार र निष्ठावान ब्यक्तित्वलाई सिफारिस गरेकाले कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन हुन नसक्ने दावी गर्नुभयो । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा न्यायपरिषद्ले धेरै अध्ययन गरेर मापदण्ड भित्रै रहेर निर्णय गरेकाले यस विषयमा टिका टिप्पनि गर्नु उचित नभएको बताउनुभयो । संसदीय सुनवाई समितिलाई महाअभियोग लगाउन चुनौति दिदै त्यसको लागि पनि आफुहरु तयार
रहेको बताउनुभयो । न्यायधिश सिफारिसमा आर्थिक चलखेल भएको आरोपको खण्डन गर्दै आर्थिक चलखेलको प्रमाण दिए आफू पदत्याग गर्न समेत तयार रहेको भन्दै एक पटक निर्णय भै सकेको कुरामा बहस गरि रहनु राम्रो नभएको तर्क गर्नुभयो । सर्वोच्च अदालतमा रिक्त १० न्यायधिशको नियूक्ती समेत छिट्ट गरिने जानकारी दिनुभयो । त्यसमा बार लगायतका विज्ञ क्षेत्रबाट ल्याईने उल्लेख गर्नु ।  साक्षात्कारमा नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायपरिषदले आर्थिक हिनामिना सहित नैतिक पतनका आरोप लागेका ब्यक्तिलाई आर्थिक चलखेलको आधारमा सिफारिस गरेको आरोप लगाउँदै यसले न्यायलयमा विचलन ल्याउने दावी गर्नुभयो । सिफारिसमा आर्थिक हिनामिना भएको ठाकुवा गर्दै संसदीय सुनवाई समितिले यसमा गंभिर छानविन गर्नु पर्ने बताउनुभयो ।

No comments:

Post a Comment