२९
बैशाख, काठमाडौं । बिराटनगरमा राष्ट्रिय सम्मेलन सुरु हुने बेलासम्म
झगडाको कुनै छेकछन्द नदेखिए पनि प्रचण्ड र बाबुरामवीच अकस्मात केले सम्बन्ध
बिगार्यो ? यसबारे दुबैतर्फका एमाओवादी नेताहरुसँग कुराकानी गर्नेक्रममा
केही गुह्य रहस्य खुलेका छन् । एमाओवादी
नेताका अनुसार प्रचण्ड र बाबुराम पक्षवीच विभिन्न जिल्लामा सम्मेलनहरु
सुरु भएदेखि नै आन्तरिक झगडा सुरु भएको हो । विभिन्न जिल्ला सम्मेलनहरुमा
बाबुरामले आफ्नो पक्षलाई प्रचण्ड खेमाले निषेध गरेको आशंका गरे । उता
प्रचण्डले चाँहि बाबुरामले हरेक जिल्लामा नेतृत्व दाबी गरेर नयाँ शक्तिका
लागि समानान्तर भूमिका बनाउन खोजेको गम्भीर आशंका गरे ।
यसबारे बाबुराम पक्षका नेता देवेन्द्र
पौडेल भन्छन्- ‘हामीलाई संविधानसभाको चुनावमा उम्मेद्वार बन्ने
बाबुरामले समानान्तर पावर बनाउन खोजे’
प्रचण्ड पक्षका एक नेताले भने आफ्नो नाम
उल्लेख नगर्न आग्रह गर्दै जिल्ला-जिल्लामा बाबुराम भट्टराई पक्षले आफैं
जोरी खोजेको बताए । ‘आफूचाँहि शक्तिका लागि कसरत गर्ने अनि प्रचण्ड पक्षधर
चाँहि चुप लागेर सुते हुन्थ्यो भनेर कहाँ हुन्छ ?’ प्रचण्डनिकट ती नेताले भने- ‘बाबुरामजी आफैंले गुटबन्दी गर्नु भो, सिन्धुलीलगायतका
जिल्लामा नारायणकाजी पक्षलाई उचालेर संस्थापन पक्षसँग निहुँ खोज्नुभो ।’
खिमलालमाथिको अपमान निमित्त कारक
बिराटनगरमा राष्ट्रिय सम्मेलनको
बन्दशत्रमा खिमलाल देवकोटामाथि प्रचण्डपक्षबाट अपमान भएपछि भट्टराईराई पक्ष
एकाएक आक्रोशित बनेको स्रोतले बतायो । ‘२२ समूहमध्ये एएटामा खिमलालजस्
बोल्न लागेकोमा होहल्ला गरेर उहाँलाई बोल्न दिइएन र शक्तिबहादुर बस्नेतलाई
बोल्न लगाइयो । २२ समूहमध्ये एक दुईवटामा भट्टराईपक्षको टोली नेता बन्दा के
बिग्रन्थ्यो ?’
भट्टराई पक्षका नेताले आक्रोशित हुँदै भने-’खिमलालजी प्रचण्डलाई नै सहयोग गर्दै आउनुभएको पार्टीको
सक्रिय नेता हो, उहाँलाई बोल्न नदिएपछि हामीले अपमानवोध गर्यौं । आफ्नै
साथीलाई त यसरी निषेध गरिन्छ भने कसरी एउटै कम्युनिस्ट केन्द्र बन्छ ?’
दुबैका आ-आफ्ना अडान
अब यो विवाद कसरी समाधान होला ? यो
प्रश्नमा प्रचण्ड पक्षका नेता भन्छन्-’बाबुरामजीले अनुशासन तोडेकोम
आत्मालोचना गरेर आउनुपर्छ । पार्टीलाई बाबुराम चाहिन्छ, तर बिग्रेको होइन,
क्रान्तिकारी बाबुारम चाहिन्छ ।’ उता भट्टराई पक्षका नेता
भन्छन्-’प्रचण्डले कार्यशैली सुधारेर सबैलाई समेट्न तयार हुनुपर्छ ।’
No comments:
Post a Comment