Friday, May 9, 2014

पर्वतको चुवा गाबिस जिल्लाको तेस्रो खोपयुक्त गाबिस घोषित

       बिजी न्युज बैशाख २६, पर्वत / पर्वतको चुवा गाबिस जिल्लाको तेस्रो पूर्ण खोपयुक्त गाबिस घोषित भएको छ । गाबिसमा १ बर्षमुनीका शत प्रतिशत बालबालिकालाई नियमित खोपको मात्रा पुरा भएको पाइएपछि गाबिसलाई आज एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण खोपयुक्त गाबिस घोषणा गरिएको हो । बच्चा जन्मेदखी एक बर्ष सम्मको उमेरमा बिभिन्न संक्रामक रोगका बिरुद्ध लगाईने बिसीजी, डिपीटी, पोलियो र दादुराको खोप गाबिसमा रहेका कुल ३३ जना बालबालिकालाई पुरा मात्रामा लगाइएकोले गाबिस पूर्ण खोपयुक्त गाबिस घोषीत
भएको हो ।
           पूर्ण खोप गाउँ समन्वय समितीको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी निमित्त प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईले गाबिसलाई जिल्लाको तेस्रो खोपयुक्त गाबिस घोषणा भएपनि यसको प्रभावकारीताको खाँचो औँल्याउनुभयो । उहाँले गाबिसमा रहेको राजनितिक दल,संघसंस्था तथा नागरिक समाजले पूर्ण खोपयुक्तको अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख तथा जिल्ला खोप समन्वय समितीका सदस्य सचिव डाक्टर नारायण ओझाले आमा सचेत भए घरपरिवार नै स्वस्थ्य बन्ने भएकाले खोपयुक्त गाबिस घोषणा गर्नुमा आमाहरुको भुमिका महत्वपुर्ण रहेकोमा जोड दिनुभयो ।उहाँले जिल्लाका अरु गाबिस पनी पूर्ण खोपयुक्त घोषणा हुन लागेको जानकारी दिँदै यो अभियानलाई निरन्तर अगाडी बढाईएको जानकारी दिनुभयो ।
            चुवा गाबिसका सचिव बालकृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिश्व स्वास्थ संगठन आईपिडी पोखराका मेडिकल सर्भिलेन्स अफिसर डाक्टर नन्दलाल सिकर्मी, नेपाली काँग्रेस चुवाका सभापती राजकुमार क्षेत्री,जिल्ला स्वास्थ्य कार्यालय पर्वतका बरिष्ठ जनस्वास्थ्य अधिकृत नागेन्द्रप्रसाद चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको स्वागत चुवा उपस्वास्थ्य चौकीका ईन्चार्ज बिनोद श्रेष्ठ र सञ्चालन पर्वत जिल्ला अस्पतालका सिनीयर अहेव गोपाल आचार्यले गर्नुभएको थियो ।कार्यक्रममा सीता परियारले स्वस्थ्य सम्बन्धि गित र गजल प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा गाबिसलाई पूर्ण खोपयुक्त घोषणा गर्ने अभियानमा सहयोग गर्नुहुने ९ वटै वडाका स्वस्थ्य स्वयंसेविका,संघसंस्था र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । यसअघि कार्यक्रम शुरु हुनु अगाडी स्थानियबासीहरुले बिभिन्न चेतनामुलक पर्चा पम्पलेट सहित बाजागाजाको साथमा गाबिसका बिभिन्न ठाउँको परिक्रमा गरेका थिए । चुवा गाबिस अघि पर्वतका दुई गाबिसहरु लुँखुदेउराली र देउपुर गाबिसलाई पुर्ण खोपयुक्त गाबिस घोषणा गरिसकिएको छ । 

No comments:

Post a Comment