Thursday, May 8, 2014

अध्यक्षको उम्मेद्वारी घोषणा गरेको छैन : नेपाल

            २५ बैशाख, रौतहट । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताएका छन् । गृहनगर गौरमा पत्रकारसँग बिहीबार कुरा गर्दै नेता नेपालले सहमतिमा नेतृत्व चयन हुने बताउँदै आफूले उम्मेदवारी घोषणा गरिनसकेको बताएका हुन् ।पार्टीका युवा नेताहरुले पत्रकार सम्मेलन गरेर माधवकुमार नेपाल नै अध्यक्ष बन्नु पर्छ भनेछन’, नेता नेतापले भने, ‘मैले अहिलेसम्म अध्यक्षका लागि उम्मेदवारीको घोषणा गरेको छैन ।’आफूले उम्मेदवारी घोषणा नगरेको बताएपनि नेता नेपालले एमालेलाई बलियो र असल कमाण्डरको खाँचो रहेको बताए ।
          जनताको बहुदलीय जनवाद आफैंमा पूर्ण नभएकाले समयानुकुल परिमार्जन गर्दै अघि बढ्नुपर्ने नेता नेपालको तर्क थियो । ‘पार्टीलाई क्रान्तिकारी धारमा लैजान असल कमाण्डरको अवश्यकता छ, त्यो आवश्यकता असार १९ गते हुने महाधिवेशनबाट पूरा हुन्छ’, नेता नेपालले भने, ‘पार्टीलाई सशक्त र प्रभावकारी ढंगले हाँक्न सक्षम अध्यक्षको आवश्यकता छ ।’भारतमा नरेन्द्र मोदीले ३० हजार किलोमिटरको यात्रा गर्दा नेपालमा भने पार्टीका कमाण्डर तीन हजार किलोमिटरको यात्रा गरी कार्यकर्ताको विचार बुझ्न नसक्ने अवस्था रहेको नेपालको तर्क थियो । ‘नरेन्द्र मोदीले ३०
हजार किलोमिटर घुम्दा हाम्रा नेता तीन हजार किलोमिटर घुमेर कार्यकर्ताको विचार किन बुझ्दैनन् ?’, पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै नेता नेपालले भने, ‘युवा पुस्ताहरुले पार्टीमा सुधार चाहेका छन्, युवापुस्तको चाहना अनुरुप पार्टी अघि बढ्नुपर्छ ।’फरक प्रसङ्गमा बोल्दै बरिष्ठ नेता नेपाललेे संविधान निर्माण ८० प्रतिशत पूरा भइसकेकोले आउँदो माघ ८ गते भित्रै जारी हुने बताए । माघ ८ भित्र संविधान जारी गर्ने कुरामा आफू आशावादी रहेको बताउँदे नेता नेपालले अध्ययन तथा निक्र्याैल समितिले संविधान निर्माणमा उत्पन्न बाधालाई सहमतिबाट समाधान गर्ने बताए । प्रधानमन्त्री सुशील कोइराला स्थानीय निकायको चुनाव गराउन हिम्मत नजुटाएकाले देशमा अन्योल बढेको नेता नेपालको भनाइ छ । आफूले संविधानसभाको पहिलो वैठकबाट स्थानीय निकायको चुनावको घोषणा गर्न सुझाव दिएपनि अन्य दलहरुको मौखिक धम्कीका कारण पछि हटेको दाबी गरे । नेता नेपालले संविधान बनाउने बेला एमाओवादीमा किचलो बढेको बताउँदै यसरी विवाद हुनु अस्वभाविक भएको बताए । ‘अहिलेको महत्वपूर्ण घडीमा एमाओवादीमा संकट गहिरिनु दुर्भाग्यपूर्ण कुरा हो ।’ नेता नेपालले भने । ब्रहृमपुरीका अग्नीपीडितलाई राहत बाँड्न रौतहट आएका नेता नेपालले २२ परिवारलाई दश हजार रुपैंयाका दरले सहयोग प्रदान गरेका छन ।

No comments:

Post a Comment