Thursday, May 8, 2014

आफ्नै बारेमा बनिरहेको ‘लज्जास्पद’ फिल्मसँग रिसाइन् प्रियंका

          (एजेन्सी)– भारतीय महिला मुक्काबाजी र पाँच पटक विश्व च्याम्पियन बनेकी मेरी कामको जीवनसँग आधारित  बनिरहेको फिल्ममा प्रियंका चोपडा अहिले काम गरिरहेकी छिन् । अरुको जीवनमा बनिरहेको फिल्ममा काम गर्न रुचाउने चोपडा आफ्नो बारेमा फिल्म बनिरहेको खबर सुनेर निकै रिसाएकी छिन् । फिल्ममा आउनुभन्दा पहिले प्रियंका मोडलिङ गर्दथिन् त्यतिबेला असीम मर्चेन्ट उनका कथित प्रेमी थिए । त्यहि असीम मर्चेन्टले उनको बारेमा फिल्म बनाउने खबर आएको छ । जब एक पत्रकारले उनलाई यो फिल्मका बारेमा सोधे तब प्रियंकाले भनिन्, ‘म निकै रिसाएकी छु । एक महिला भएका कारण मैले जुन दुःख र समस्याहरु झेल्नुपर्यो, जसका कारण मेरो परिवारमा तनाव पैदा भयो, त्यस्तो कुरालाई कसैले पर्दामा ल्याउन चाहन्छ, कोहि मेरो दुःखलाई फिल्ममा उतार्न चाहन्छ भने त्यो निकै लज्जास्पद
कुरा हो । ’ यदि स्रोतलाई मान्ने हो भने फिल्ममा प्रियंकाको त्यो बेलाको समय देखाइन्छ जतिबेला उनी मोडलिङ गर्दथिन् । प्रियंकाले भनिन्, ‘मेरा बारेमा फिल्म बनाउनलाई अहिले नै म त्यति महान पनि भइसकेकी छैन । ’

No comments:

Post a Comment