Thursday, August 1, 2013

रेडियो दिदीबहिनी पर्वतले यसपाली पनि तीज महोत्सव गर्ने ।।


                           १७ साउन,पर्वत हरितालिका तीजको अवसर पारेर यस वर्ष पनि रेडियो दिदीबहिनीले महोत्सव आयोजना गर्ने भएको छ । महिलाहरुले मात्र सन्चालन गरेको रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले आउने भदौ २१ गतेदेखि २३ गतेसम्म पाँचौ वृहत पश्चिमान्चल महिला महोत्सव गर्न लागेको हो । रेडियो दिदीबहिनीको हिजो बसेको कार्यसमितिको बैठकले महोत्सवमा तीज गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य तथा कविता वाचन प्रतियोगिता, उत्कृष्ट ¥याली प्रतियोगिता, निशुल्क स्वास्थ्य शिविर, कृषि प्रदर्शनीपशु, टपरी गाँस्ने प्रतियोगिता, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको
प्रस्तुतिलगायतका कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । रेडियो दिदीबहिनीले हरेक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र हरितालिका तीजका अवसरमा महोत्सव आयोजना गर्ने गरेको छ । संस्कृति संरक्षण र विभिन्न प्रतियोगितामार्फत् महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि महोत्सव आयोजना गर्ने गरिएको रेडियोका अध्यक्ष कल्पना चापागाईले बताउनुभयो । अध्यक्ष चपागाईले रेडियो दिदीबहिनीको महोत्सव नाचगान र आर्थिक फाईदाका लागि नभएर महिला सचेतना र संस्कृति संरक्षण र पर्यटन विकासका लागि भएको पनि बताउनुभयो ।

No comments:

Post a Comment