नेपालको चर्चित व्याण्ड ‘नेपथ्य’ले लण्डनमा भव्य कर्न्सट गरेको छ ।
‘आकाशैबाट के उडी आयो भेडाको उनजस्तो मायाको फोटो मै खिची लान्छु पूर्नेको
जुनजस्तो’ गीतबाट सुरु भएको कर्न्सटमा दर्शकहरुको खचाखच उपस्थिती थियो ।
बेलायतको
अन्तरराष्ट्रिय मञ्च मानिने बेम्लीमा नेपथ्य व्याण्डका गायक अमृत गुरुङले
चर्चित गीतहरु गाएका थिए । यो मञ्चमा विश्वका चर्चित ब्यान्डहरु स्याडोज, द
होलिज, स्पाइस गल्स, रोलिङ स्टोन्स लगायतले आफ्ना गीतहरु पस्किसकेका छन्
।
यो कार्यक्रममा गायक अमृत गुरुङले जोगल हुन्छ भेट, रेशम, तालको पानी
माछिले खानी, चरी मर्यो शिशैको गोलीले, छेक्यो छेक्यो देउराली डााडा
हुस्सु र कुहिरोले जस्ता चर्चित गीतहरु गाएका थिए । यो कन्सर्टको आयोजना
पर्छ प्रोडक्शन र सव सोनिक रुट्स नामक संस्थाहरुले गरेक हुन् ।
No comments:
Post a Comment