Tuesday, June 3, 2014

युवा संघ पर्वतमा ओली पक्षको वर्चश्व

         पर्वत, जेठ २० गते । नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको युबा संघ नेपाल पर्वतको आठौ जिल्ला अधिबेशनबाट अध्यक्षमा ओली प्यालनका बिमल लामिछाने निर्वाचित भएका छन । लामिछानेले अध्यक्षका अर्का प्रत्यासी उपेन्द्र थापालाई ४१ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षमा निर्वाचित लामिछानेले १ सय ४ मत प्राप्त गरेका थिए भने प्रत्यासी थापाले ६३ मत प्राप्त गरेका छन । एमाले पर्वतमा संस्थापन पक्ष र ओली पक्ष बीच कुरा नमिल्दा निर्वाचन भएको र निर्वाचनमा ओली प्यानलका सबै निर्वाचित भएका छन् । सचिब पदमा दिपक भण्डारी १ सय ५ मत प्राप्त गरेर बिजयी भए भने उनका प्रतिद्वन्दी रामचन्द्र सुबेदीले ५९ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा प्रेम भुसालले १ सय ४ मत पं्राप्त गरे भने प्रतिष्पर्धी रेशमबहादुर सुनारले ६० मत प्राप्त गरे । उपाध्यक्षमा थमनारायण पौडेल र सहसचिबमा अर्जुन शर्मा निर्बीरोध
निर्वाचित भएका थिए ।
त्यस्तै खुल्ला सदस्य पदमा भएको निर्वाचनमा महेश शर्मा अधिकारी १२७, सुरेन्द्र शर्मा गौतम ११५, उदयराज भुसाल, ११२, गिरी प्रताप सेन १११, दयाराम शर्मा १०८ अर्जुन पौडेल निर्जन १०४, ढाकाराम सापकोटा १०३ र विकास गिरीले ९७ मत प्राप्त गरि विजयी भएक थिए । साथै दलिततर्फ अमृत बिक १०१, सुनिल बिक १००, भक्तबहादुर नेपाली ९८ मत प्राप्त गरि बिजयी भएका छन भने जनजाति तर्फ लोकराज गुरुङ्ग ११४, रामबहादुर पुन ८५ र भिमबहादुर गुरुङ्ग ८७ मत प्राप्त गरि निर्वाचित भएका छन । इलाका नं ५ मा बिष्णु आचार्य रामबहादुर केसीलाई पराजित गर्दै सदस्य पदमा निर्वाचित भएका छन । आचार्यले ९७ मत र केसीले ५१ मत प्राप्त गरेका थिए । यस्तै कुस्मानगरबाट साजन श्रेष्ठ, इलाका नं १ बाट तुलसीराम रेग्मी, इलाका नं २ बाट गणेश पौडेल, ३ बाट समिर मल्ल, ४ बाट देबेन्द्र मल्ल, ६ बाट प्रबिण श्रेष्ठ, ७ बाट समुन्द्र शर्मा, ८ बाट रामप्रसाद पौडेल,९ बाट सरोज अधिकारी, १० बाट सन्तोष केसी र ११ बाट दिपु काफ्ले निर्बीरोध निर्वाचित भएका छन । त्यसैगरि महिलाबाट सचित्रा क्षेत्री, भगवती ढुंगाना, रमा भुसाल, तारा गुरुङ्ग, सुरक्षा लामिछाने, भेषमाया पुन, सबिना गिरी र मिना पुन निर्विरोध निर्बाचित भएका छन ।
सबै पदमा निर्विरोध निर्वाचित गराउने प्रयास असफल भएपछि अध्यक्ष, सचिव, कोषाध्यक्ष र समावेशी पदहरुमा निर्वाचन भएको थियो । निर्वाचनमा केपी ओली र संस्थापन पक्षको बीचमा कडा प्रतिष्पर्धा भएको थियो । दुबै पक्षले नतिजा आफ्ने पक्षमा पार्न कडा मेहेनेत समेत गरेका थिए । कार्यकर्ता र केही मध्यस्त नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास गरेपनि प्रयास विफल भएपछि चुनावी प्रतिस्पर्धामा गएका थिए । नवनिर्वाचितहरुलाई युवा संघका सचिब किरण पौडेलले सपथ गराउनुभएको थियो । कार्यक्रममा नेकपा एमाले पर्वतका काबा अध्यक्ष राजु प्रसाद पौडेल, सचिव भक्त कुँवर, उप सचिव पदमपाणी शर्मा, सचिवालय सदस्य तथा युवा फाँट प्रमुख पदम गिरी, निवर्तमान अध्यक्ष शिब पौडेल, तथा अध्यक्षका प्रत्यासी उपेन्द्र कुँवर लगतयतले बधाई दिएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिमल लामिछानेले सबै युवाको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा बिजयी भएको र युवाको समस्या समाधान गर्न सबैलाई लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । युवा संघको नेतृत्व सफल रुपमा हस्तान्तरण भएको यसले पार्टीको काममा सहयोग पु¥याउने तथा युवा संघलाई गतिशिल बनाउन सफल हुने निवर्तमान अध्यक्ष तथा युवा संघका केन्द्रीय सदस्य शिब पौडेलले बताए। पर्वतमा संस्थापन पक्ष र ओली पक्षका बीच लामो समयदेखि बिवाद रहँदै आएको भएपनि पछिल्लो समयमा विभिन्न भातृ संगठनको नेतृत्वमा ओली समूहले प्यानल बनाएर जितेपछि संस्थापन पक्ष कमजोर बन्दै गएको छ ।
जिल्लामा क्रियाशिल नेतृत्वहरु मध्ये केन्द्रीय सदस्य गणेश तिमिल्सीना, अञ्चल कमिटिका सदस्यहरु प्रेम लामिछाने, देबेन्द्र पाण्डे, मेघनाथ सुबेदी जिल्ला अध्यक्ष विकास लम्साल, सचिवालय सदस्य तथा युवा नेता पदम गिरी, युवा संघका केन्द्रीय सदस्य शिब पौडेल लगायतका नेताहरु ओली निकट रहेका छन् भने प्रतिनिधि परिषद् सदस्य गणेश पौडेल, मोती पौडेल, जिल्ला उपाध्यक्ष राजु पौडेल, सचिव भक्त कुवँर, उप सचिव पदमपाणी शर्मा, क्षेत्रीय अध्यक्ष मित्रलाल बस्याल, जिल्ला सदस्य उदय सुबेदी लगायतका नेताहरु संस्थापन पक्षीय मानिन्छन् । पार्टीमा एउट पक्षले अर्कोलाई गुटबन्दी गरेको आरोप लगाईँदै आएको भएपनि कार्यकर्ताहरु भने ओलीको पक्षमा बहुमत रहेको नेता पदम गिरीले बताउनुभयो ।

No comments:

Post a Comment