Friday, March 28, 2014

सन्नी लियोनीलाई भारतबाट निष्कासित गर्न माग

                (एजेन्सी) पछिल्लो समय रागिनी एमएमएस–२ बाट चर्चा बटुलिरहेकी सन्नी लियोनीलाई भारतबाट निष्कासन गर्ने माग भारतको हिन्दु जनजागरण समितिले गरेको छ ।
             साथै, उनको रागिनी एमएमएस–२ को प्रदर्शनमाथि पनि रोक लगाउन समितिले माग गरेको छ । समितिले आफ्नो मागसहितको ज्ञापनपत्र केन्द्रिय चलचित्र प्रमाणिकरण बोर्डमा बुझाएको छ ।
                      पोर्न चलचित्रबाट बलिवुडकी नायिका बनेकी लियोनीको रागिनी एमएमएस–२ भारतीय अत्मसम्मान, संस्कृति र हिन्दु धर्मको अपमान गरेको अरोप समितिले लगाएको छ । समितिले चलचित्रको शुरुवातमा हनुमान चालिसाको प्रयोग गरेकोमा पनि अपत्ति जनाएको छ । भारतमा बलात्कार र यौनदुव्र्यवहार बढी रहेको अवस्थामा यस्ता अश्लिल चलचित्रले त्यसलाई झन् बढावा दिएको आरोप पनि समितिको छ ।
              तत्कालै चलचित्रको प्रदर्शनमा रोक नलगाए हल अगाडि गएर प्रदर्शन गर्ने समितिले

पत्नीको शव जलाएपछि पतिसहित बाह्र मलामी पक्राउ

             १४ चैत, स्याङ्जा । घरैमा झुण्डिएको अवस्थामा भेटएकी स्याङ्जाको चित्रेभञ्याङ-८,की एक महिलाको शव दाहसंस्कारमा संलग्न १२ जना मलामीलाई प्रहरीले पक्राउ गरेको छ । ४१ वर्षीया खुमाया राना घरैमा झुण्डिए मृत्यु भएको अवस्थामा भेटिएपछि उनका पति र गाउँले मिलेर गत फागुन ३० गते दाहसंस्कार गरेका थिए । आफैं झुण्डिएर मरेको भन्दै गाउँलेले प्रहरीलाई खबरै नगरी शवको दाहसंस्कार गरेपछि प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धानका लागि पतिसहित १२ जनालाई हिरासतमा लिएको हो । खुमायाको मृत्युपछ गिाउँलेले ४५ मिनेटको पैदल दूरीमा रहेको इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी नदिई दाहासंस्कार गरेपछि मलामी गएका ४८ जनामध्ये पतिसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटना रहस्यमय भएको जनाउँदै छानविनका लागि मलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बडुवालले

किन नेपाल आउँदैछन् मलेसियाली गृहमन्त्री ?

             काठमाडौँ, चैत १४– मलेसियाका गृहमन्त्री डा अहमद जालिद हमिदी आगामी मङ्गलबार नेपाल भ्रमणमा आउने भएका छन् । एक्काइस सदस्यीय उच्चस्तरीय मलेसियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री हमिदी नेपालको तीनदिने भ्रमणमा आउन आउन लागेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले बताए ।
                भ्रमणबाट नेपालसँगको श्रम सम्बन्ध थप सुमधुर बनाउनुका साथै आपसी सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउने उद्देश्य गृहमन्त्रीले राखेका छन् । नेपालमा रहँदा उनले नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूका सेवा सुविधाका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने बस्न्यातले जानकारी दिए । मलेसियामा नेपाली श्रमिकको अधिक माग भइरहेको सन्दर्भमा मलेसियाली

अघिल्लो संविधानसभाको कामको स्वामित्व ग्रहण

             १४ चैत, काठमाडौं । संविधानसभाले अघिल्लो संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गरेको छ । संविधानसभाको शुक्रबार बसेको पहिलो बैठकले स्वामित्व ग्रहणको प्रस्ताव पास गरेको हो । बैठकमा संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले अघिल्लो संविधानसभाका ११ समितिले गरेका निर्णय र कारबाहीका अभिलेखहरु पेश गरेका थिए । लगतै सभाध्यक्ष सुवास नेम्वाङले अभिलेखहरु अभिलेख अध्ययन तथा निक्र्योल समितिमा पठाउने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । ध्वनी मतका आधारमा प्रस्ताव पास भएको छ । यसअघि स्वामित्व ग्रहणको प्रस्तावको विपक्षमा रहँदै आएका राप्रपा नेपालले समेत प्रस्तावको विरोध गरेन । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने अनुपस्थित थिए । उनी हैटौडामा छन् । बैठकमा सहभागी राप्रपा नेपालका संसदीय दलका सचिव सुशील श्रेष्ठले स्वामित्व ग्रहण नभएको भन्दै ’पुराना अभिलेखहरु महासचिवले सभाध्यक्षलाई

Thursday, March 27, 2014

को–को पर्दै छन् ‘छब्बीस मनोनयन’भित्र?

         काठमाडौ । संविधानसभाको छब्बीस रिक्त स्थान पूर्तिका लागि नेपाली काङ्गे्रसको उच्च तहमा आन्तरिक परामर्श सुरु भएको छ। छब्बीस सिटमा काङ्गे्रस, एमाले, एमाओवादी र राप्रपा नेपालबीच भागबन्डा हुने सम्भावना रहे पनि सरकारले दलहरूसँग औपचारिक तवरमा छलफल गरेको छैन। संविधानमा छब्बीस स्थान पूर्तिका लागि दलीय भागबन्डा गर्नुपर्ने या दलको सदस्य हुनुपर्ने प्रावधान छैन। बरु राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्या्एका, विज्ञ र संविधानसभामा प्रतिनिधित्व गर्न छुटेका कुनै आदिवासी र जनजाति समुदायका व्यक्तिलाई सरकारले मनोनीत गर्नुपर्ने स्पष्ट व्यवस्था संविधानले गरेको छ। तर, संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि सभासद्हरूको चयन भागबन्डाकै आधारमा हुने सम्भावना बढी छ। यसै साताको प्रारम्भमा सत्तारुढ दलहरूको उच्च तहमा यस विषयलाई लिएर सामान्य छलफल पनि भएको छ। भागबन्डा भएमा काङ्गे्रसको बढीमा दश, एमालेको आठ, एमाओवादीको चार र राप्रपा नेपालको बढीमा दुई स्थानसम्म हुनसक्ने बुझिएको छ। काङ्गे्रसमा सम्भावित सभासद्का

एचआइभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता

         १३ चैत, पर्वत । एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकालाई पनि पर्वतमा मासिक रूपमा भत्ता दिइने भएको छ । एचआइभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रूपमा एक हजार रुपैयाँ भत्ता दिन लागिएको हो । सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले अनुदान पाउनेछन् । एचआइभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरूको क्षमता विकासका लागि अनुदान दिन लागिएको जिल्ला एड्स समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले बताए । ‘अनुदान पाएपछि सङ्क्रमित

एमाओवादी अध्यक्ष प्रचण्डलाई पुत्री शोक

              १३ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका छोरी ज्ञानु केसीको निधन भएको छ । 
       क्यान्सरबाट पीडित केसीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चुँडामणि खड्काले बताए । 
              केसीप्रति अन्तिम श्रद्धान्जली व्यक्ति गर्न आफन्त तथा विभिन्न दलका नेता कार्यकर्ता ओम अस्पताल पुगेका छन् । केसीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ४० वर्षकी केसी लामो
समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । अमेरिका र भारतमा उपचार गरेपनि स्वास्थ्य लाभ नभएपछि केसीलाई काठमाडौं ल्याइएको थियो । केसीका दुई