Tuesday, February 4, 2014

साहरुख खान बन्ने सपना बुन्दै रणवीर

                     बलिउड नायक रणवीर सिंह यतिबेला साहरुख खान बन्ने सपना देखिरहेका छन् । यसैले त उनी साहरुख खानको सर्वाधिक सफल सिनेमा ‘दिलवाले दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’को कुरा गर्न थालेका छन् । 
                       मिडियाले बलिउडका सर्वाधिक सफल निर्माता तथा निर्देशक आदित्य चोपडासँग काम गर्न लागेको बिषयमा सोधेको प्रश्नमा रणवीरले त्यस्तो भैदिए आफ्नो सपना पुरा हुने बताए । उनले आदित्यका ‘दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’ कैयौ पटक हेरेको जनाएका छन् । जीवनमा एक पटक आदित्य चोपडासँग काम गर्ने उनको सपना छ । रणवीरले कैयौ पटक हेरेका यि दुई सिनेमाका निर्देशक आदित्य चोपडा हुन् भने नायक साहरुख खान । चलचित्र ‘रामलीला’
सफल भएपछि रणवीरले साहरुख जस्तो स्टार बन्ने सपना बोक्न थालेको टिप्पणी बलिउडमा गर्न थालिएको छ

No comments:

Post a Comment