भारतिय सिनेमाका चर्चित कलाकार प्राणको
निधन भएको छ । सन् १९५० र ६० को दशकमा बलिउडमा चर्चित खलनायकको रुपमा
चिनिएका कलाकार प्राण यसपश्चात एकाएक सामान्य भूमिकामा देखिएका थिए ।मनोज
कुमारको चलचित्र ‘उपकार’मा सकारात्मक पात्रको भूमिका निर्वाहा गरेपछि
प्राणलाई पछाडी फर्केर हेर्नु परेन । ९३ बर्षको उमेरमा उनको मुम्बइको
लिलावती अस्पतालमा निधन भएको हो ।
उनको निधनमा सिंगो बलिउड नै शोकमग्न भएको
छ ।प्राणले चलचित्रको पर्दामा नेपाली
भादगाउँले टोपी पनि लगाएका थिए ।
उनलाई नेपाली दर्शकले पनि उत्तिकै माया र
सद्भाव दिएका छन् । प्राणले मधुमती, जिद्दी, राम और श्याम, जंजीर जस्ता
चर्चित सिनेमामा अभिनय गरेका थिए । तर उनले आफूले अभिनय गरेको सिनेमा हेर्न
रुचाउँदैनथ्य । प्राणले आफू अभिनित एक मात्र चलचित्र ‘जंजिर’ हेरेको
बताइन्छ ।
No comments:
Post a Comment