पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली
गीतसंगीतको उत्थानका लागि सक्रियता देखाएकी छिन् । साहित्यमा अत्यन्तै रुची
राख्ने पर्वत पाङराङ घर भई अहिले ईजरायलमा रोजगारीको सिलसिलामा पुगेकी
दीपिका भुषालले ईजरायलबाटै नयाँ गीत २०७० असार २३ गते आईतबार सार्वजनिक
गरेकी छिन् ।
सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने
निष्ठूरीलाई बोलको गीत सार्वजनिक भएको हो । ईजरायलमै एक औपचारिक कार्यक्रम
आयोजना गरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको भूषालले जानकारी दिएकी
छिन् । भुषालको गीतमा विपिन आचार्यले संगीत भरेका छन् भने मान्धवी
त्रिपाठी
ले स्वर दिएकी छिन् ।
दीपिका भूषालको सो गीत आशिका एल्वममा समावेश गरिएको छ । म्यूजिक
भिडियोको छायाङकन, निर्देशन तथा सम्पादन विपिन तामाङले गरेका छन् । दीपिका
भुषालकै रचनाका अन्य गीत तथा गजलहरुको म्यूजिक भिडियोको छायाङकनको तयारी
पनि भैरहेको निर्देशक तामाङले बताए ।
No comments:
Post a Comment