Tuesday, July 9, 2013

एमाओवादी चुनाव भाड्ने षड्यन्त्रमा : गौतम


bamadev gautam      २५ असार, अत्तरिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसकेन्दि्रत दलले संविधानसभाको निर्वाचन नचाहेको आरोप लगाउनुभएको छ । मंगलवार कैलालीको अत्तरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले निर्वाचनका लागि एमाले चुनावी अभियानमा गाउँ पसिसकेको बताउँदै कांग्रेस, एमाओवादी र अन्य दल अझै गाउँ पसिनसकेको अवस्थाले निर्वाचन नहुन दिने षड्यन्त्र
भइरहेको आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउन नसके त्यसपछि बन्ने सरकारले निर्वाचन गराउने प्रत्याभूति छैन ।

No comments:

Post a Comment