फूल बोकेर को–को पुगे निर्मल निबास
२३ असार, काठमाडौं । आइतबार ६७ औं जन्मदिन
मनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले नेताहरुलाई सद्बुद्धि आओस् भनि कामना
गर्नु भएको छ । हालै मात्र मध्य तराईका जिल्लाहरुको भ्रमण गरेर आएका
ज्ञानेन्द्रले पछिल्लान वर्षहरुमा झै यस वर्षपनि निर्मल निवासमा आफ्नो
समर्थक र सार्वसाधारणबाट शुभकमना लिएर जन्मदिन मनाउनु भयो ।
त्यसक्रममा ज्ञानेन्द्रले झुक्याउने
प्रबृत्ति अन्त्य होस् भन्नुभयो । गालामा हात लगाएर सञ्चारकर्मीलाई संक्षित
प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले भन्नुभयो-’हाम्रो नेताहरुलाई सद्बुद्धि
आओस्, हामीलाई अब झुक्याउने प्रबृत्ति अब त्यो सिद्धियोस् र अब
सर्वसाधारणको हितमा राष्ट्रको
हितमा र जनताको हितमा उहाँहरुले जे गरे पनि
कदम त्यो अनुसारले चलोस् ।’
उहाँले अबको चुनाव निस्पक्ष वातावरणम हुनु
पर्नेमा समेत जोड दिनुभयो । ‘निस्पक्ष वातावरणमै हुनुपुर्छ । जुन बहस
हामीले गर्न खोजेका छौं, त्यो सफल होला, त्यो सफलताले प्रजातन्त्र सफल
हुन्छ र राष्ट्र सफल हुन्छ भन्ने म छान्दछु ।’
समर्थकहरुले पुनः शक्तिमा आउन गरेको
आग्रहबारे सोधिएको प्रश्नमा ज्ञानेन्द्रले भन्नुभयो-’त्यसको जवाफ तपाई
उहाँलाई नै सोध्नुहोस् । किन भन्नुभयो उहाँले ? मैले भन्न सक्दिन । उहाँलाई
नै सोध्नुभयो भने स्पष्ट राम्रो जवाफ उहाँहरुबाटै पाउनुहुन्छ ।’
शुभकामना दिन निर्मल निवासको ढोका अगाडी
टेबल राखेर बसेका ज्ञानेन्द्रको छेउमा नाती र नातिनी थिइन् ।
ज्ञानेन्द्रलाई शुभकामना दिन राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका
शाहीकालका मन्त्रीहरुदेखि गायक योगेश्वर आमात्य समेत निर्मल निवास पुग्नु
भएको थियो । हातमा फुल तथा माला लिएका सर्वसाधारण तथा ज्ञानेन्द्रका
सर्मथकहरुको लाइन नै देखिन्थ्यो । निर्मल निवासमा राष्ट्रिय गीत गुन्जिएको
थियो भने केही समर्थक बाजागाजासहित पुगेका थिए ।
No comments:
Post a Comment