काठमाडौं।
सलमान खुर्सिदको नेपाल भ्रमणपछि भारतले नेपालका लागि विगतमा रोकिएको सैन्य
सहयोग पुनः सुचारु गर्ने भएको छ। यद्दपि नेपाली सेनाको आधिकारिक मन्त्रालय
भने त्यसमा बेखबर रहेको छ।
आठ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता
हातमा लिएपछि भारतले नेपाली सेनालाई दिँदै आएको सैनिक सहयोग रोकेको थियो।
भारतीय न्युज ऐजेन्सी इण्डो एसियनकाअनुसार नेपाली सेनाले तत्काल एक अर्ब ७६
करौड रुपैया बरावरको हतियार खरिदका लागि प्रकृया थालेको छ।भारतीय
सञ्चारमाध्यमले
जनाएअनुसार विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमणपछि
भारतले घातक र गैरघातक हतियारका साथै अन्य सैनिक सामाग्री आउँदो भदौभित्र
सुचारु गर्ने निर्णयमा भारत पुगेको हो।माओवादी र सात राजनीतिक दलको विचमा भएको शान्ति सम्झौतामा पनि शान्ति प्रकृया नसकिएसम्म सेना तथा माओवादीले हतियार खरिद नगर्ने सहमति भएपछि लोकतन्त्रपछि सेनालाई भारतले दिँदै आएको सैनिक सहयोग आउन सकेको थिएन।तर, माओवादी लडाकुको समायोजन प्रकृया सकिनेवित्तिकै सेना समायोजन विशेष समितिले नेपाली सेनालाई चाहिने सैन्य सामाग्री लिन सक्ने भन्दै सेनालाई हतियार खरिद गर्ने बाटो खोलेको छ। विशेष समितिको निर्णयसंगै मन्त्रिपरिषदको बैठकले पनि नेपाली सेनालाई चाहिने आवश्यक हतियार, गोला बारुद्ध र विस्फोटक पदार्थ खरिद गर्न स्वीकृती दिइसकेको छ।
स्रोतकाअनुसार सरकार र विशेष समितिले सेनालाई आवश्यक हतियार तथा बन्दोवस्तीसहित खरिद गर्न स्वीकृति दिएपछि सेनाले सरकारमार्फत वारुद, २४ हजार १ सय ६६ गोली ८१ र ५१ एमएम मोर्टारका साथै डेटोनेटर, सुरक्षा फ्युज र सैन्य हार्डवेयर खरिद गर्ने निर्णय गरेको थियो। यसअघि, नेपाल र भारतवीच बैङ्गलोरमा भएको विदेश मन्त्रालयको १० आंै सहसचिव स्तरीय बैठकमा भारतले नेपाललाई ७० प्रतिशत अनुदान दिने र ३० प्रतिशत नेपाल आफैले व्येहोर्नेगरी सैन्य सहयोग उपलव्ध गराउने सहमति भएको थियो। नेपाल भारतवीच द्वीपक्षीय समझदारीपछि नेपाल सरकारले सहयोगको सुची भारत सरकारलाई पठाइसकेको छ। सेनाले सरकारमार्फत पठाएको प्रस्तावमा सैन्य शिक्षा आदान प्रदान, संयुक्त अभ्यास र सैन्य उपकरण आपुर्ती गर्ने लगायत छ। भारत र नेपालविच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धीअनुसार नेपालले भारतबाट हतियार खरिद गर्दै आएको छ। मैत्रीसन्धी अनुसार नेपालले अन्य देशवाट हतियार आपुर्ती गर्न भारतको सहमति आवश्यक पर्ने उसले दाबी गर्दै आएको छ।
No comments:
Post a Comment