त्यही कारण अर्थविभागमा केही दिनयता कोलाहल मच्चिएको छ। निगममा ठूला आर्थिक अपराध गरेको प्रमाणसहित अख्तियारमा उजुरी परेपछि के
गर्ने भन्नेमा अन्योल देखिएको बताइएको छ। यदि त्यस्तो अवस्थामा राजुले
पाउने अवकाशपछिको रकम अर्थले निकासा गरिदिएमा जसले दिएको हो, उसैलाई
कारबाही हुने अवस्था छ। अख्तियार जुर्मुराउँदै गएपछि यतिबेला त्यस घटनाले
सबैको ध्यान खिचेको छ।निगमका जहाज यती एयरलाइन्सलाई भाडामा दिँदा कमजोर सम्झौता गरेको भन्ने
कुराले निकै आलोचित बनेका तिनै राजु त्यसभन्दा पनि गम्भीर प्रकिृतको प्रकरणमा मुछिएका छन्। निगमको थाइल्यान्डस्थित ओरियल ट्राभल नामको जेनरल सेल्स एजेन्टलाई अवैध ढंगले दिएको २ करोड ५० लाख रुपियाँको प्रकरणमा उनको संलग्नता देखिएको छ। नेपाल एयरलाइन्सको कार्गो र यात्रुहरू हेर्ने सम्पूर्ण जिम्मा पाएको सो ट्राभललाई उनैको मिलेमतोमा कुनै आधारबिना नै तत्कालीन वाणिज्य विभागको निर्देशकका हैसियतले सो रकम दिएको खुलासा भएको छ। रमाइलो त के भने उनी आफैंले ट्राभललाई दावी गर्न लगाएर मिलेमतोमा पैसा बाँडचुँड गरेको प्रमाणसहित अख्तियारमा उजुरी परेको छ। उनी अवकाश हुनुभन्दा तीन दिनअघि अवकाश रकम रोक्का गर्नेलाई निगमको अर्थ विभाग पनि उजुरी आएको छ।
थाइल्यान्डमा १ अप्रिल, १९९३ देखि डिसेम्बर २१, २००८ सम्म एजेन्टका रूपमा काम गरेको सो ट्राभल्सले तिनै केसी वाणिज्य विभागको निर्देशक हुँदा मिलीजुली निकै धेरै राम्रो काम गरेको भनेर ‘प्रोत्साहन भत्ता पाऊँ’ भनेर ‘क्लेम’ गर्न लगाएको पाइएको छ। तर, सो ‘क्लेम’लाई तत्कालीन अर्थ निर्देशक गोवर्द्धन खड्काले अस्वीकार गरिदिँदा उतिबेला निगमको कार्यकारी जिम्मा लिएका सुगतरत्न कंसाकारसँग मिलेर राजुकै पहलमा हटाइछाडिएको थियो। सो ठाउँमा आर्थिक मामिलमा अलि कमजोर ठानिएका माणिकरत्न बज्राचार्यलाई त्यस ठाउँमा ल्याएर आर्थिक रूपमा जर्जर निगमलाई झन् कमजोर बनाउने प्रयास गरेको आरोप राजुमाथि छ। गोवर्द्धनले चिठीमार्फत सो क्लेम गरेअनुरूप पैसा दिन नमिल्ने भन्दै डीएफ–८८/२००८/अगस्ट २१ गतेको पत्रमार्फत दिन नमिल्नाले भन्दै फर्काइदिएको कुरा नै सही भएको छानबिनको क्रममा देखिएको छ। अहिले त्यो प्रकरणले कर्मचारी वृत्तलाई समेत विवादित बनाएको छ। यदि छानबिनको क्रममा अवकाश रकम दिइएमा महाप्रबन्धक मदन खरेलदेखि अर्थ विभागका केशवराज शर्मा र उपनिर्देशक सन्तवीर थापा तानिने निश्चित छ। यस्तै, लफडाका कारण यसै हप्तादेखि नै उपनिर्देशक थापाले राजीनामा दिएर हिँडेका छन्।

No comments:
Post a Comment