Sunday, January 5, 2014

बेनिशा र कोशिशको जोडी जम्दै


benisha-and-kosis                  गायक कोशिश क्षेत्री यतिबेला नायक भैसकेका छन् । उनले अभिनय गरेको चलचित्र ‘मोक्ष’ फागुन २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा उनको जोडीको रुपमा नायिका बेनिशा हमालको पनि अभिनय छ ।
                 चलचित्रमा जोडी जमाउन तयार भएका बेनिशा र कोशिश एक म्यूजिक भिडियोमा पनि देखिने भएका छन् । संचारकर्मी समेत रहेका सुरज श्रेष्ठले निर्देशन गरेको ‘देउता बिनाको’ बोलको गीतमा बेनिशा र कोशिशको अभिनय रहेको छ । यो गीतको भिडियोमा कृष्णा आचार्य र पवन शाक्यको पनि अभिनय छ । भिडियोको शनिबार छायांकन गरिएको हो । गीतमा मदन रानाभाटको स्वर, दिपेन्द्र श्रेष्ठको शब्द, सञ्जुकुमार थापाको संगीत छ । नागदह र सिभिल होममा छायांकन
गरिएको भिडियोलाई हरि हुमागाँइले खिचेका हुन् । भिडियोको निर्देशन र सम्पादन सुरज श्रेष्ठले नै गरेका हुन् । भिडियोको निर्माण वाइट प्लस प्रोडक्शनले गरेको हो । चलचित्रमा जम्दै गरेकी नायिका वेनिशा हमाल भिडियोमा पनि सफल मोडलको रुपमा स्थापित हुँदैछिन् ।

No comments:

Post a Comment