Monday, July 22, 2013

आज पुष्पलालको ३६ औं स्मृति दिवस

Puspa Lal shrestha                काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
            विक्रम संवत् १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मनुभएका पुष्पलालले २००६ बैशाख १० गते भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।
                   सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिवबाट विद्रोह गरी कम्युनिष्ट आन्दोलनमा लाग्नुभएका पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरी त्यसमा भूमिका समेत लेख्नु भएको छ । हाल पुष्पलालले तयार पारेको मार्ग निर्देशक सिद्धान्तबाट नेपाली कम्युनिष्टहरु बिचलित भएको गुनासो बढेको छ । २०१७ सालमा भारत प्रवासमा जानु भएका पुष्पलालको २०३५ सालमा आज कै दिन भारतमै निधन भएको थियो ।
                     नेपाल कम्युष्टि पार्टीका संस्थापक मध्य नरबहादुर कर्माचार्य मात्र जिवित हुनुहुन्छ । उहाँ एकीकृत नेकपा माओवादीका सल्लाहकार हुनुहुन्छ ।

No comments:

Post a Comment