Thursday, July 18, 2013

कन्सर्टमा क्रुद्ध रिहाना, बोलिन् अश्लिल शब्द

                   विश्व चर्चित गायिका रिहाना एक कन्र्सटको क्रममा केही फ्यानहरुसँग क्रुद्ध भएकी छिन् । निर्धारित समय भन्दा १ घन्टा ढिलो स्टेजमा उक्लिएपछि रिहानालाई केही फ्यानहरुले नराम्रो व्यवहार गरेका थिए । फ्यानहरुले रिहानालाई गिफ्ट भन्दै स्टेजमा केही कुराहरु फ्याकेका थिए । यसपछि रिहानाले भनिन्, ‘यहाँ केही राम्रा र केही नराम्रा मानिसहरु छन् तर जसले यो फ्याकेको उसको गिफ्ट म सुरक्षित राख्छु तर उसलाई म बाहिर निकाल्न लगाउँदिन ।’रिहानाले आक्रोशित भएपछि केही अश्लिल शब्द पनि प्रयोग गरेकी थिइन् । जसको भिडियोलाई विभिन्न संचारमाध्यहरुले विप प्रयोग गरेर प्रस्तुत गरेका छन् । रिहानालाई डाइमण्ड टुरका क्रममा यस्तो अवस्था भोग्नुपरेको हो ।

No comments:

Post a Comment