Wednesday, July 10, 2013

फेरि मान्छे कुटे पारसले

download (14)
           काठमाडौं, २६ असार । पुर्वयुवराज पारस शाह हृदयघातपछि पुनःजन्म लिएर बाँचेका हुन् भन्दा खासै फरक पर्दैन । किनकी उनलाई धेरैले नबाँच्ने भए भनेर माया मारिसकेका थिए । तर एक्कासी चिकित्सक नै आश्चर्यमा पर्ने गरी उनी सञ्चो भएका हुन् । यती साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान, उनले राम्रो गर्लान भन्ने सोचेका थिए । 
              तर त्यो सोचाई विपरित पुनः पारसले एक जनासँग दुर्व्यवाहारपूर्ण व्यवहार गरेका छन । उनले होटल डेल अन्नपूर्णका साुह कपिल राणालाई दुर्व्यवहार गरेको  खबर छ । बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचिमा कपिल पनि भएको र पुनस्थापना केन्द्रमै भएपछि पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवाहार गरेको बताइएको छ । राजा त्रिभुवनका छोरा बसुन्धारतातर्फको सम्पत्ति अपुताली
परेर कपिलले अन्नपूर्ण हतयाएको र महेन्द्रको खलकले  त्यसको हिस्सेदारी दाबी गरिररहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको तनावपूर्ण रहेको खबरमा उल्लेख छ । हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि खुलेर नबोलेको बताइएको छ ।

No comments:

Post a Comment