१३ वर्षको कलिलो उमेरमा दिल्ली पुगेका दर्लिङ्ग ६ गैरावारीका अमृतलाई
नियतिले त्यसरी वज्रपात गरेको हो । काम गर्ने होटलमा बिदा लिएर अंकलकहाँ
साईकलमा भेट्न हिडेका उनलाई सडकमा सानो गाडीले ठक्कर दियो र पछिबाट आई
रहेको बसले किचेर दुबै घुट्टा घाजै घाजा पारी दियो ।
आफन्तद्धरा
अस्पताल पुराईएका अमृत डेढ वर्ष सम्म दिल्ली कै अस्पलतालमा बसे । बाबु
टोपबहादुरले उहि नोकरी गर्ने भएकोले आफन्तजन र उनको कम्पनीमा १० लाख भन्दा
बढि
ऋण गरेर उनलाई बचाउन त बचाए तर कतै हिड डुल गर्न गर्न नसक्ने गरी उनि
अपाङ्ग भए । अहिले घर ल्याई पुराईएका अमृत अपाङ्ग भए पनि शिक्षा आर्जन गरेर
सपाङ्ग बन्न सवै संग सहयोगको अपिल गर्दछन् ।
उनको खुट्टामा आमा धनमायाँको खुट्टको मासु झिकेर भरिएको छ । १० लाख
भन्दा बढि ऋण लागेका उनिहरुको एउटा सानो झुपडी र दुई रोपनी बारी पुरै बेचे
पनि तिर्न पुग्दैन । धनमाया भन्छीन्–‘ के गरौं एउटा मात्र छोरा , बचाउनका
लागि भारतमा ऋण काढियो त्यसको साहुले कुन दिन पुलिस ल्याएर घर मैं आई
पक्रेर लैजाने हुन कि धन्ने त्रासै त्रासले दिनमा भोक न निद्रा भएर बस्नु
परेको छ । ’
नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालय कक्षा ८ मा पढेका अमृत उच्च
शिक्षा हाँसिल गरेर सपाङ्गले झै समाजमा केहि गरेर देखाउन चाहेको बताउँ छन्
। ‘ मेरो पढ्ने ईच्छा पुराई गराई दिन एक–एक रुपैयाँ मात्रै भए पनि सहयोग
गरी दिनुहोस तपाईहरुकोप्रति म सधै आभारी हुने छु ’ उनले भक्कानो छाड्दै भने
–‘ म एउटा मात्रै छोरो हुँ, मैले पाल्ने बेलामा बाबु आमाले पाल्नु पर्दा
किन बाँचे छु र जस्तो लाग्छ । ’
भारतमा उनको उपचारका लागि उनका जेठा बुवा तनबहादुर बि(कले गाउँ देखि
सदरमुकाम सम्म सहयोग संकलन गर्दै हिंडे । उनलाई नेटा दर्लिङ्ग उच्च मावि,
छापाहिले मावि लगातका शिक्षक विद्यार्थीहरु र जिल्ला वन कार्यालय सहितले ४५
हजार संकलन गरेर दिए । त्यो रकम पठाएर अस्पतालबाट निकालिएका उनको बाँकी ऋण
तिर्न सवैबाट सहयोग नभए घरवासबाटै उठ्ने अवस्था रहेको तनबहादुरले बताए ।
उनका बाबु टोपबहादुर पनि छोरोको उपचार गर्दाको ऋण तिर्ने आई उपाय नभएको
चिन्ताले दिमाग नै ठाउँमा नरहेको बताउँ छन् । एउटा सानो खरको झुपडीमा
बसेका उनिहरु त्यही पनि छाउन नसकेर पानी आएको बेला अरुको घरमा बस्न जाने
गरेको आमा धनमायाले बताईन । तिन छोरीहरु मध्ये जेठी छोरी विनिता स्थानिय
मगर समुदायका युवासंग अन्तर जातिय विवहा गरेकी छन् ।
उनै छोरीको सहयोगमा उनिहरुको घरमा चुलो बल्ने गरेको छ । ‘ मैले कति दिन सहयोग गर्न सक्छु र ?’ विनिताले भनिन्–‘भाईको अवस्था देखेर मुटु भक्कानिन्छ ।’ उनले सहायेग गरी दिने महानुभावलाई भगवान ठान्ने बताईन । ‘ प्लीज म पढ्न चाहन्छु , पढ्ने मेरो धोको पुराई दिनुहोस भन्दै यहाँ स्थित रेडियो कार्यक्रम ओझेलका खवरमा भक्कानिदा कैयौं श्रोताहरु उनिसंगै भक्कानिएका थिए ।
उनै छोरीको सहयोगमा उनिहरुको घरमा चुलो बल्ने गरेको छ । ‘ मैले कति दिन सहयोग गर्न सक्छु र ?’ विनिताले भनिन्–‘भाईको अवस्था देखेर मुटु भक्कानिन्छ ।’ उनले सहायेग गरी दिने महानुभावलाई भगवान ठान्ने बताईन । ‘ प्लीज म पढ्न चाहन्छु , पढ्ने मेरो धोको पुराई दिनुहोस भन्दै यहाँ स्थित रेडियो कार्यक्रम ओझेलका खवरमा भक्कानिदा कैयौं श्रोताहरु उनिसंगै भक्कानिएका थिए ।
उनको त्यो विलौना सुनेर तम्घासस्थित आशा अपाङ्ग केन्द्रले उनलाई झिकाएर
कृतिम खुट्टा फेरी दिने काम गरेको छ । केन्द्रकी प्रवन्धक गंगा रायमाझीले
उनको पढ्ने चाहन पुरा गराई दिन आफुहरु लागि परेको बताईन् । ‘हाम्रो
संस्थाले उनलाई उपयुक्त स्कुल खोजेर भर्ना गरी दिन्छ ’रायमाझीले भनिन्–‘
त्यसका लागि अन्य ब्याक्ति र संघ–संस्थाको सहयोग पनि आबस्यक छ । ’
No comments:
Post a Comment