Friday, July 19, 2013

साझा बसदेखि शहरमा ‘महशुश’

                          साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महशुश’ युनिटले प्रचारका लागि नयाँ नयाँ उपाय अपनाइरहेको छ । 
                 ‘महशुश’ युनिटले काठमाण्डौमा चल्ने साझा बसलाई पनि प्रयोग गरेको छ । साझा बसमा ‘महशुश’ लेखिएको टिसर्ट लगाएर युवायुवती चढेको देख्न सकिन्छ ।
                      यस्तै ‘महशुश’ युनिटले प्रचारका लागि शहरका भित्ताहरु पनि रोजेको छ । निर्माता कल्याण घिमिरेले अब आक्रामक रुपमा प्रचारमा लाग्ने बताए ।               
                      नबल नेपालको निर्देशनमा तयार
भएको यो सिनेमामा आर्यन सिग्देल, बेनिशा हमाल, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्र पूर्णतया पारिवारिक तथा प्रेम कथामा आधारित छ ।

No comments:

Post a Comment